रूपन्देहीमा बाढीले डाइभर्सन बगाउदा यातायात अवरूद्ध ।
काठमाडौं :
रूपन्देहीमा बाढीले डाइभर्सन बगाएको छ । देवदहस्थित घोडाहमा बनाइएको डाइभर्सन बाढीले बगाएको हो ।
गए रातिदेखि लगातार परेको पानीले यहाँका खोलामा पानीको सतह बढेको छ । यस अघि पनि भदौमा परेको वर्षापछि आएको बाढीले घोडाह पुल भासिएको थियो ।
पुल भासिएपछि डाइभर्सन बनाइएको थियो । डाइभर्सन बाढीले बगाएपछि फेरि पनि यातायात अवरूद्ध भएको छ । यातायात अवरुद्ध हुँदा बुटवलबाट पूर्व जाने सवारी साधन चल्न सकेका छैनन् ।
रुपन्देही, कपिलवस्तु, नवलपरासीलगायत क्षेत्रमा आइतबारदेखि निरन्तर वर्षा भइरहेको छ । मौसम विभागको मौसम पूर्वानुमान महाशाखाले वर्षा अझै केही दिन जारी रहने बताएको छ ।
समाचार
थप सामाग्री
उत्कृष्ट मावि सम्मानबाट वालिङकाे आदर्श मावि सम्मानित
२ महिना अगाडि
काठमाडौं : स्याङ्जाको वालिङ–८, भीमटारीस्थित श्री नेपाल आदर्श माध्यमिक विद्यालय राष्ट्रिय स्तरको “उत्कृष्ट माध्यमिक विद्यालय सम्मान–२०८३” बाट सम्मानित भएको छ।…


