एमालेको वडा अधिवेशन आज हुदैँ, अध्यक्ष ओलीले सम्बोधन गर्ने ।
काठमाडौँ:
नेकपा (एमाले)को वडा अधिवेशन आज शनिबार हुँदैछ । वडा अधिवेशनको अध्यक्ष केपी शर्मा ओलीले दिउँसो १२ बजे केन्द्रीय कार्यालय थापाथलीबाट उद्घाटन गर्नेछन् ।
अध्यक्ष ओलीले भर्चुअल माध्यमबाट सकेसम्म धेरै वडाहरूलाई जोडेर सम्बोधन गरिने तयारी भएको एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । अध्यक्ष ओलीको सम्बोधनमा जोडिनका लागि सबै वडा कमिटीहरूलाई डिस्प्ले तयार पार्न र इन्टरनेट सेवा नभएका वडामा मोबाइल फोनमार्फत साउन्ड बक्समा जोडेर सम्बोधन सुन्ने व्यवस्था गर्न भनिएको उनले बताए ।केन्द्रीय कार्यालय सचिव तामाङले वडा अधिवेशनमा बढीभन्दा बढी जनसहभागिता गराउन पनि निर्देशन दिइएको बताए । देशभर वडा अधिवेशनको तयारी पूरा भएको उनले जानकारी दिए ।
केही दिन पहिलेको वर्षाका कारण बाढी, डुबान र पहिरोबाट प्रभावित क्षेत्रमा कार्तिक १५ गतेभित्र वडा अधिवेशन गर्न भनिएको तामाङले जानकारी दिए । एमालेले महाधिवेशन मंसिर १० देखि १२ गतेसम्म चितवनमा गरिने तय भएको छ ।
समाचार
थप सामाग्री-
२३ वर्षपछि वालिङमा सशस्त्र प्रहरीको आफ्नै स्थायी संरचना बन्ने, जग्गा अधिग्रहण प्रक्रिया सुरु
-
चाडपर्वमा वालिङ प्रहरीको सक्रियता : लागूऔषध,अवैध समान,पटका सहित बिभिन्न व्यक्ति पक्राउ ।
-
सिद्धार्थ राजमार्गमा प्रहरीको अपरेसन: लागूऔषधसहित बागलुङका युवक वालिङमा पक्राउ
-
दुर्घटनामा श्रीमानश्रीमती कै मृत्यु : गुल्मी जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो ।
-
प्रहरी चौकीको पुरानो ब्यानर हटाएर नयाँ राखियो
नेपाली कांग्रेस (देउवा समूह)को बिरुवा गाउँ सभापतिमा कुमार राना
३ हप्ता अगाडि
स्याङ्जा : नेपाली कांग्रेस (देउवा समूह) को बिरुवा गाउँपालिकाको १५ औं नियमित महाधिवेशनले युवा नेता गणेशमान राना (कुमार ) को…


