मोतीपुर औधोगिक क्षेत्र-बुटवल, कब्जा गरी बस्नेहरु र सुरक्षाकर्मीबीच झडप:  ६  जना घाइते, एकको मृत्यु ।

gun

बुटवल:
रुपन्देहीको निर्माणाधीन मोतीपुर औधोगिक क्षेत्रमा जग्गा कब्जा गरी बस्नेहरु र सुरक्षाकर्मीबीच झडप हुँदा गोली चलेको छ । गोली चल्दा सुरक्षाकर्मी सहित ६ जना घाइते भएका छन् भने प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको छ।

मोतीपुर औद्योगिक क्षेत्रको जग्गा कब्जा गर्न पुगेका सुकुम्बासीहरू हटाउने क्रममा प्रहरीसँग झडप भएको थियो। झडपका क्रममा प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जनाएको छ।
मृतकको पहिचान खुलिनसकेको प्रहरी उपरीक्षक मनोज केसीले बताए। मोतीपुर क्षेत्रमा देशभरका सुकुम्बासी आउँदै बसिरहेका थिए। तिनीहरूलाई हटाउने क्रममा बुधबार दुई घन्टा झडप भएको थियो। स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर, अश्रुग्यास प्रहार गरिरहेको छ। रुपन्देही प्रशासनले त्यस क्षेत्रमा भएको जग्गा कब्जा हटाउन आइतबार बिहानैदेखि ठूलो संख्यामा प्रहरी परिचालन गरेको थियो ।

रुपन्देहीको बुटवल र आसपासका स्थानीय तह जोडेर २०७२ सालमा सरकारले औधोगिक क्षेत्र घोषणा गरेको थियो । साथै २०७३ मा ८१३ बिगा क्षेत्रफल जग्गामा मोतीपुर औधोगिक क्षेत्रको नाममा पुर्जासमेत बनेको छ । पछिल्लो समय बुटवल क्षेत्रमा पर्ने करिब २०० बिघा क्षेत्रफल कब्जा गर्दै ४०० घरटहरा निर्माण गरिएका छन्। कब्जा गरिएको जग्गा हटाउन भदौ २९ देखि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको थियो ।

Facebook Comments Box

विचित्र संसार

थप सामाग्री
TOP