२२ महिने शिशुलाई करणी गरेको आरोपमा एक व्यक्ति पक्राउ ।

कास्की:
पोखरामा २२ महिने शिशुलाई करणी गरेको आरोपमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ।

गत असोज ३० गते अन्दाजी ४:३० बजेको समयमा पोखरा महानगरपालिका वडा नं -११ स्थित फुलबारीमा २२ महिने शिशुलाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको हो। पक्राउ परेका ती व्यक्तिको नाम र ठेगाना भने प्रहरीले खुलाएको छैन।घटनाको जानकारी पश्चात वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीको टोलीले अभियुक्तलाई पक्राउ गरेको हो। उनीमाथि आवश्यक कारवाही प्रक्रिया अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ।

Facebook Comments Box
TOP