फरार प्रतिवादी २० बर्ष पछि पक्राउ ।

स्याङ्जा :
जिल्ला प्रहरी कार्यालय स्याङ्जाले कर्तव्य ज्यान मुद्धाका फरार प्रतिवादीलाई २० बर्ष पछि पक्राउ गरेको छ । अर्जुनचौपारी गाँउपालिका वडा नम्वर २ का ५२ वर्षीय पोत बहादुर रोकाहालाई प्रहरीले पक्राउ गरेको हो ।
पोत बहादुरले २०५८ साल पुष १७ गते राती स्थानीय झलक बहादुर रोकाहाको हत्या गरेका जिल्ला प्रहरी कार्यालय स्याङजाका प्रहरी निरिक्षक पदमराज थापाले जानकारी दिनुभयो । हत्या पश्चात भागेर भारत पुगेका पोत बहादुर लामो समय उतै लुकीछुपी बस्दै आएका बताईएको छ । पछिल्लो समय घर आएका रोकाहालाई बिशेष सूचनामा आधारमा घरबाट नै पक्राउ गरिएको प्रहरी निरिक्षक थापाले जानकारी दिनुभयो । रोकाहालाई पक्राउ गरेर अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।
समाचार
थप सामाग्री-
महिलालाई उद्यमशीलतामा जोड्दै वालिङ नगरपालिका ।
-
सहकारी ठगी मुद्दामा रवि लामिछानेलाई थुनामा पठाउन उच्च अदालतको आदेश
-
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
-
वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता बढाउन गर्यो प्रभातफेरी
-
स्याङ्जाका पत्रकार सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ बाट सम्मानित

वालिङ क्याम्पसको स्ववियुमा निर्वाचित टोली सम्मानित ।
१ महिना अगाडि
वालिङ : वालिङ बहुमुखी क्याम्पस स्याङ्जाको स्ववियुमा निवार्चित पदाधिकारी तथा सदस्यहरुलाई सम्मान गरिएको छ । वालिङ बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी…