फरार प्रतिवादी २० बर्ष पछि पक्राउ ।
स्याङ्जा :
जिल्ला प्रहरी कार्यालय स्याङ्जाले कर्तव्य ज्यान मुद्धाका फरार प्रतिवादीलाई २० बर्ष पछि पक्राउ गरेको छ । अर्जुनचौपारी गाँउपालिका वडा नम्वर २ का ५२ वर्षीय पोत बहादुर रोकाहालाई प्रहरीले पक्राउ गरेको हो ।
पोत बहादुरले २०५८ साल पुष १७ गते राती स्थानीय झलक बहादुर रोकाहाको हत्या गरेका जिल्ला प्रहरी कार्यालय स्याङजाका प्रहरी निरिक्षक पदमराज थापाले जानकारी दिनुभयो । हत्या पश्चात भागेर भारत पुगेका पोत बहादुर लामो समय उतै लुकीछुपी बस्दै आएका बताईएको छ । पछिल्लो समय घर आएका रोकाहालाई बिशेष सूचनामा आधारमा घरबाट नै पक्राउ गरिएको प्रहरी निरिक्षक थापाले जानकारी दिनुभयो । रोकाहालाई पक्राउ गरेर अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।
समाचार
थप सामाग्री
व्यावसायिक समृद्धिको योजनासहित चुनावी मैदानमा शंकर डुम्रे
३ हप्ता अगाडि
वालिङ : वालिङ उद्योग वाणिज्य संघको आगामी असार २१ गते हुने निर्वाचनको रौनक निकै बढेको छ। अध्यक्ष पदमा अनुपमा ढुङ्गाना…


