विराटनगर विमानस्थल जलमग्न, स्थगित भयो सबै उडान ।

काठमाडौँ:
भैरहवापछि सर्वाधिक उडान हुने काठमाडौंबाहिरको विराटनगर विमानस्थल दुइवटा खोलाको पानी पसेपछि बन्द भएको छ । विमानस्थल कार्यालयका प्रमुख उत्सव खरेलका अनुसार, विमानस्थलभित्र सबै स्थान जलमग्न भएको छ ।
‘विमानस्थल छिर्ने गेटेदेखि लिएर, जहाज पार्किङ क्षेत्र, धावनमार्ग, कर्मचारी क्वार्टर जलमग्न छ,’ खरेलले कान्तिपुरसँग भने, ‘यहाँ भित्र कम्तीमा ३ देखि ६ फिटसम्म पानी जमेको छ । पानीको निकास नभएसम्म उडान हुन सक्ने अवस्था छैन ।’ उनका अनुसार, विमानस्थल नजिकैका केसलिया र बास्ता खोलाको पानी भित्र पसेको हो । मौसम पूर्वानुमान महाशाखाका अनुसार विराटनगरमा १३३।६ मिलिमिटरसम्म वर्षा भएको थियो ।
समाचार
थप सामाग्री
कोटिहोम विराट ज्ञान महायज्ञमा देशभरका ४ सय बढी ब्राह्मण सहभागिता हुने
३ हप्ता अगाडि
पोखरा : पोखरामा सञ्चालन भएको श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ देशभरका व्रामण एक ठाउँमा जम्मा हुने भएका…