स्याङ्जाको वालिङमा जीप दुर्घटना २ को मृत्यु, १० जना भन्दा धेरै घाईते थप बिबरण आउन बाँकी ।

स्याङ्जा :
स्याङ्जाको वालिङमा केही बेर अगाडि भएको जीप दुर्घटनामा परेर २ को मृत्यु भएको छ भने १० जना भन्दा बढि घाईते भएकाछन् ।
वालिङ बजारबाट गल्याङको पकवादीका लागि छुटेको ग १ ज ४९१८ नम्वरको जीप वालिङ १० मदिखोलामा दुर्घटनमा परेको हो ।
दुर्घटनमा परी गल्याङ १० का ३२ बर्षीय गंगी पल्ली र सोही ठाँउका ७७ बर्षका दल बहादुर पल्लीको घटनास्थलमा नै ज्यान गएको वडा प्रहरी कार्यालय वालिङका प्रमुख प्रहरी निरिक्षक हरि प्रसाद पौडेलले जानकारी दिनुभयो । दुर्घटनामा परी १० जना भन्दा बढी घाईते भएकाछन् घाईतेहरुलाई उपचारका लागि गह्रौ प्राथमिक अस्पताल लगिएको छ । घाईतेहरुको एकिन बिबरण आउन बाँकी रहेको छ ।
जीप उकालोमा ब्रेक फेल भएर झण्डै एक  सय मिटर तल झरेको प्रहरीले जनाएको छ । जीप १९ जना सवार रहेका प्रत्यक्षदर्शीले बताएकाछन् ।

 

Facebook Comments Box
TOP