स्याङ्जामा रोकी राखेको ट्याक्टर अचानक गुड्दा लियो पैदलयात्रीको ज्यान
स्याङ्जा :
स्याङ्जामा रोकी राखेको ट्याक्टर अचानक गुडेर ठक्कर दिदा बिहिबार राती एक पैदलयात्रीको ज्यान गएको छ । आँधीखोला गाँउपालिका वडा नम्वर ५ स्थित भित्री सडकमा रोकी राखेको ग १ त ३१७८ नम्वरको ट्याक्टर ओरोलामा अचानक गुडेर ठक्कर दिदा पैदल हिडिरहेकी स्थानीय ४५ बर्षीया माया बिकको ज्यान गएको स्याङ्जाका प्रहरी प्रवक्ता राजेन्द्र प्रसाद अधिकारीले जानकारी दिनुभयो । बिकको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीले ओखलढुङ्गा घर भई आँधीखोला ५ बस्ने चालक २७ बर्षका अनिल राई र ट्याक्टरलाई नियन्त्रणमा लिएको जनाएको छ ।
Facebook Comments Box
समाचार
थप सामाग्री
सवारी दुर्घटनापछि विवाद हुँदा तीन जना घाइते, एक पक्राउ
२ हप्ता अगाडि
स्याङ्जा : स्याङ्जाको वालिङमा दुई सवारी साधन एक आपसमा ठोक्किएको घटनापछि विवाद हुँदा तीन जना घाइते भएका छन् भने एक…


