महिला फुटबल टोली फिलिपिन्ससँग पराजित ।
काठमाडौं :
एएफसी महिला एसियन कप–२०२२ छनोटको पहिलो खेलमा नेपाल फिलिपिन्ससँग पराजित भएको छ । उज्वेकिस्तानको जेएआर स्टेडियममा शनिबार भएको खेलमा नेपाल फिलिपिन्ससँग २–१ गोल अन्तरले पराजित भएको हो ।
फिलिपिन्सविरुद्ध सुरुवाती अग्रता जोगाउन नसक्दा नेपाल पराजित हुन पुग्यो । खेलको १० औं मिनेटमा विमला चौधरीले गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाएकी थिइन् । तर, विमला ३९औं मिनेटमा चोट बोक्दै मैदानबाट बाहिरिन पुगिन् । विमलाको स्थानमा अनिता बस्नेत मैदान प्रवेश गरेकी थिइन् । दोस्रो हाफमा फिलिपिन्स खेलमा फर्कियो ।फिलिपिन्सले ९० औं मिनेटमा बराबरी गोल गरेपछि इन्ज्युरी समयमा विजयी गोल थपेको थियो । यससँगै समूह ‘एफ’को नेपालले हारबाट छनोटको सुरुवात गरेको छ । पहिलो खेलमा ३ अंक जोडेको फिलिपिन्स अंक तालिकाको शीर्ष स्थानमा रहेको छ ।
नेपालले अब हङकङ्सँग असोज ८ गते खेल्नेछ । समूहको शीर्ष टोलीले अर्को वर्ष भारतमा हुने एसियन कप खेल्नेछ ।
समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


