विश्व हिन्दू युवा संघ स्याङ्जाद्वारा सरसफाई सामग्री एवम् धार्मिक जागरण अभियान गरियाे
वालिङ
विश्व हिन्दू युवा संघ स्याङ्जाद्वारा हिन्दू नारीहरुको महान चाड हरितालिका तीजको अवसरमा धार्मिक जागरण एबम् सरसफाइ कार्यक्रम वालिङको केदारनाथ मन्दिरमा कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रमको सभापतित्व विश्व हिन्दू युवा संघ स्याङ्जा जिल्ला अध्यक्ष नवराज पौडेलको अध्यक्षतामा बसेको थियो भने प्रमुख अतिथि विश्व हिन्दू युवा संघ केन्द्रीय सदस्य डण्डु पंगेनी , विशिष्ठ अतिथि केदार नाथ मन्दिर का अध्यक्ष सिताराम अधिकारी,युवा व्यवसायी गोविन्द तिवारी,ध्रुव पंगेनी,विनोद पराजुली, राजेश डुम्रे,प्रज्वल रनपाल,लगायतको सहभागिता रहेको थियो।

प्रमुख अतिथि डण्डु पंगेनीले नेपाल भरी अब हिन्दू जागरण अभियान आबस्यक रहेको कुरा व्यक्त गरेका थिए। उनले आगामी दिनमा विश्व हिन्दू युवा संघ ले थप रचनात्मक कार्यक्रम लिएर आउने कुरा पनि बताएका छन्।केदारनाथ मन्दिर को संरक्षण गर्न हामीहरू लाग्ने पनि बताएका छन्। विश्व हिन्दू युवा संघ स्याङ्जा जिल्ला अध्यक्ष नबराज पौडेलले हिन्दू धर्म भनेको विज्ञान संग जोडिएको रहेको र यसको छुट्टै महत्व रहेको कुरा व्यक्त गरेका छन्।उनले अब सबैले हिन्दुत्वको मुद्धा उठाउन पर्ने र सनातन धर्म संस्कृतिको संरक्षण गर्नु पर्ने कुरा व्यक्त गरेका छन्।
उनले जिल्ला भरिका धार्मिक क्षेत्रहरूको प्रचार प्रसार गर्ने र तिनीहरूको विकास गर्ने बताएका छन् केदारनाथ मन्दिरको संरक्षण गर्न पनि विश्व हिन्दू युवा संघ स्याङ्जा लागिपर्ने कुरा बताएका छन्। कार्यक्रममा सीताराम अधिकारी,मुस्लिम समाज वालिङ का सचिव इकबाल मोहमद ,गोविन्द तिवारी,विनोद पराजुली,ध्रुब पंगेनी लगायतले भनाइ राखेका थिए। कार्यक्रममा स्वागत मन्तब्य प्रज्वल रनपालले राखेका थिए भने कार्यक्रमको सञ्चालन कुशल बस्याल ले गरेका थिए।
समाचार
थप सामाग्री
अपराध नियन्त्रण र अनुसन्धानमा सघाउन अर्जुनचौपारीमा १३ सीसीटीभी जडान
३ हप्ता अगाडि
स्याङ्जा : स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१ स्थित बजार क्षेत्रमा शान्ति–सुरक्षा सुदृढ बनाउने तथा अपराध नियन्त्रण र अनुसन्धानलाई प्रभावकारी बनाउने उद्देश्यले १३…


