विराट कोहलीद्वारा टी–ट्वान्टी क्रिकेटको कप्तानी छाड्ने घोषणा

काठमाडौं : भारतीय क्रिकेट टीमका कप्तान विराट कोहलीले टी–ट्वान्टी क्रिकेटको कप्तानी छाड्ने घोषणा गरेका छन् ।

बिहीबार सामाजिक सञ्जालमा एक पोस्टमार्फत कोहलीले अक्टोबरमा हुने ट्वेन्टी–ट्वेन्टी विश्वकपपछि कप्तानी छाड्ने घोषणा गरेका हुन् । यद्यपि उनले ब्याट्सम्यानको रुपमा भने खेलिरहने जानकारी दिएका छन् ।

ट्वेन्टी–ट्वेन्टीको कप्तानी छाडे पनि एकदिवसीय र टेस्ट क्रिकेटको कप्तानी भने उनले छाडेका छैनन् । आफूले धेरैजनासँगको सल्लाहपछि यो निर्णय लिएको उनले बताएका छन् ।

Facebook Comments Box
TOP