एमाले वालिङको प्रशिक्षण तथा भेला-देश विकास र समृद्धिको यात्रामा अगाडि बढ्योे:नेता रायमाझी ।

स्याङ्जा :
नेकपा एमालेका स्थायी कमिटिका सदस्य तथा पुर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीले देर्श विकास र समृद्धिको यात्रातर्फ अग्रसर भएको बताउनु भएको छ । नेकपा एमाले वालिङ नगर कमिटिले आयोजना गरेको बृहत अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षणलाई सम्बोधन गदै नेता रायमाझीले भन्नुभयो,‘ राजनितिक क्रान्ती पुरा भएको छ अव देश विकास र समृद्धिको यात्रातर्फ अगाडी बढेको छ ।’
पार्टीबाट केहि अंश चोईटिएपछि पार्टी झनै बलियो र एकढिक्का भएको नेता रायमाझीको दावी छ माओवादीका पूर्व नेता समेत रहेका रायमाझीले भन्नुभयो, ‘विदेशीको ईशारामा कम्युनिष्ट आन्दोलनलाई कमजोर बनाउने प्रयास गरियो र त्यसको पहिलो मतियार नेता प्रचण्ड बने ।’


कार्यक्रममा एमाले केन्द्रिय सदस्य तथा पुर्वमन्त्री पद्मा कुमारी अर्यालले ओली सरकारले ल्याएको विकासलाई वर्तमान सरकारले कटौती गरेको आरोप लगाउनु भयो ।
कार्यक्रममा प्रदेश सांसद मोहन रेग्मी, एमाले जिल्ला अध्यक्ष सुर्य प्रसाद गैह्रे, नेता किशोर विक्रम मल्ल, स्याङ्जा काठमाडौ सम्पर्क मञ्चका अध्यक्ष ऋषिराम कँडेल लगायतले बालेका थिए ।
नेकपा एमाले नगरकमिटि अध्यक्ष राजेन्द्र डुम्रेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव शोभाकान्त पौडेलले गर्नु भएको थियो ।
कार्यक्रममा कलाकारहरु श्रीधर न्यौपाने,ऋषिराम डुम्रे, हाँस्य कलाकार पुरुषोत्तम भण्डारी लगायतले प्रस्तुती राखेका थिए । तस्विरहरु : सामाजिक सञ्जाल

Facebook Comments Box
TOP