स्याङ्जाको राम्दी बजार पहिरोको उच्च जोखिममा
कास्की : अविरल वर्षासँगै स्याङ्जाको राम्दी बजार पहिरोको उच्च जोखिममा रहेको छ । भदौ १३ मा गल्याङ नगरपालिका–१ राम्दीमा सिदार्थ राजमार्ग माथिबाट पहिरो खसेको थियो । पहिरोमा वालिङ नगरपालिका–१४ की धनमाया उम्रा मगरको मृत्यु भएको थियो । पहिरोमा परी ४ जना घाइते भएका थिए भने ४ वटा घर पुरिएका थिए ।
पहिरोले सिदार्थ राजमार्गको राम्दी सडकखण्ड अझैपनि पूर्णरुपमा सुचारु हुन नसकेका प्रहरीले जनाएको छ । सो पहिरोका कारण अहिले सिंगो बजार नै जोखिममा रहेको जिल्ला प्रहरी प्रमुख एसपी होविन्द्र बोगटीले बताए । ‘पहिरोले सडकमाथिको सिंगै डाँडो चिराचिरा परेको छ,’ उनले भने, ‘यहाँ करिब ५० घर छन् । ती सबै घर पहिरोको जोखिममा छन् । रातभरी पानी पर्दा स्थानीय घरमा बस्ने अवस्था छैन ।’ पहिरोले प्रहरी चौकी, मन्दिर र स्थानीयका घर बढी जोखिममा छन् । कालीगण्डकी नदीको वहाव बढेकाले पनि किनार वरिपरीका बस्ती समेत उच्च जोखिममा छन् । स्याङजा र पाल्पा दुई जिल्ला जोड्ने सडक पुल पनि जोखिममा रहेको स्थानीयले बताएका छन् ।
यसैगरी गल्याङ–३ मा रहेको बसपार्क पनि पहिरोको उच्च जोखिममा रहेको प्रहरीले जनाएको छ । जथाभावी खनिएका भित्री सडकका कारण सिदार्थ राजमार्ग समेत बिग्रिदै गएको स्थानीय कृष्ण बस्यालले बताए । ‘अहिले राजमार्गमा पनि उस्तै जोखिम छ,’ बस्यालले भने, ‘जिल्लाभर पहिरोको जोखिम छ । राजमार्ग होस् या गाउँमा जथाभावी डोजर मात्र लगाउने, सडक खन्ने गरिएको छ । जसले गर्दा पहिरो नै पहिरो भएको छ । सुरक्षित भन्ने कुनै स्थान भएन ।’
गल्याङ नगरप्रमुख भुपराज अधिकारीले पहिरोको जोखिम बढ्दै गएकाले नयाँ ट्रयाक नखोल्ने, भइरहेकै पुराना सडकको मर्मत सम्भार गर्ने योजना नगरपालिकाको रहेको बताए । ‘नसोचेको स्थानमा पनि पहिरो गएको छ,’ उनले भने, ‘यसतर्फ नगरपालिकाको ध्यान गएको छ । जोखिम बस्ती बचाउनका लागि हामीले तारजाली लगाउने या सुरक्षित स्थानमा लगेर राख्ने काम भइरहेको छ ।’ स्याङजा सबै स्थानीय तहमा पहिरोको उस्तै जोखिम छ ।
समाचार
थप सामाग्री-
स्वतन्त्र उम्मेद्वार नेपालीद्वारा काँग्रेसका ढकाललाई समर्थन
-
समृद्ध स्याङ्जा र सुखी स्याङ्जालीको सङ्कल्पमा क्षेत्र नं २ मा खिम बहादुर थापा
-
कांग्रेसका ढकाल र मल्लको सङ्कल्पपत्र :सिद्धार्थ राजमार्ग स्तरोन्नति देखि ‘कृषि हब’ निर्माणसम्मको प्रतिबद्धता
-
नीतिगत सुधार गर्न भरतराज चुनावी मैदानमा
-
एकाबिहानै फेवातालमा कार खस्यो,स्याङ्जाका २४ बर्षीय युवाको मृत्यु ।
चलचित्र ‘गुरु आमा’ आगामी वैशाखमा प्रदर्शनमा आउने
४ दिन अगाडि
काठमाडौं । प्रेम सोनी सुनारले निर्माण गरेको नेपाली कथानक चलचित्र ‘गुरुआमा’ को औपचारिक प्रदर्शन मिति घोषणा गरिएको छ । निर्माण…


