स्याङ्जामा जिपको ठक्करबाट ६ बर्षका बालकको मृत्यु ।
स्याङ्जा :
स्याङ्जाको पुतलीबजारमा जिपको ठक्करबाट शनिवार साँझ ६ बर्षका बालकको ज्यान गएको छ । पुतलीबजार १० राङ्खोलाबाट समाताटोल तर्फ जाँदै गरेको लु १ च ६०९७ नम्वरको जिपले स्थानीय सुमन गुरुङका छोरा आयोन गुरुङलाई ठक्कर दिएको हो । ठक्करबाट बालक गुरुङको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता प्रहरी नायव उपरिक्षक राजेन्द्र प्रसाद अधिकारीले जानकारी दिनुभयो ।
जिपका चालक पुतलीबजार १० का २८ बर्षीय निरज शाही फरार रहेको प्रहरीले जनाएको छ ।
Facebook Comments Box
समाचार
थप सामाग्री
व्यावसायिक समृद्धिको योजनासहित चुनावी मैदानमा शंकर डुम्रे
४ हप्ता अगाडि
वालिङ : वालिङ उद्योग वाणिज्य संघको आगामी असार २१ गते हुने निर्वाचनको रौनक निकै बढेको छ। अध्यक्ष पदमा अनुपमा ढुङ्गाना…


