कालीगण्डकी पहिरो : आँधीदोभानमा राखिएका ८ वटा स्टिमरमा क्षति

स्याङजा
स्याङजाको कालीगण्डकी गाउँपालिका ७ स्थित आँधीदोभानमा राखिएका ८ वटा स्टिमर पुरिएको छ।
कालीगण्डकी जल यातायात प्रा.लि. अन्तरगत सञ्चालित ती स्टिमर गएराती झरेको पहिराका कारण पुरिएको अध्यक्ष डोलराज भट्टराइले जानकारी दिनुभयो ।
स्टिमर पुरिएको खबर पाएपछि घटनास्थल पुगेको उनले स्टिमरमा पूर्ण क्षति भएको बताउनु भयो । कोरोना र वर्षात्का कारण स्टिमर सेवा भने बन्द थियो ।
आज–भोलीमै स्टिमर सञ्चालन गर्ने भनी सरसफाइ र मर्मतको तयारी पूरा भएको अवस्थामा गएराती झरेको पहिराले स्टिमर पुरेको उहाँले बताउनु भयो ।
गएराती एक्कासी पहिरो झरेर लाखौं मूल्य बराबरको स्टिमर पूर्ण क्षति बनाएको उहाँको भनाइ छ।
कालीगण्डकी ए विद्युत उत्पादनका लागि निर्मित कृत्रिम तालमा स्टिर संचालन गरिन्छ । यहाँ साना र ठूला गरी १० वटा स्टिमर सहित २ वटा माउण्ट मकालु नामक पानीजहाज छन् । जलयातायात सेवा स्याङ्जा, पर्वत र गुल्मीमा केही वडाबासीको भरपर्दो, छिटो छरितो र सहज मार्ग हो ।
समाचार
थप सामाग्री
प्रेस चौतारी स्याङ्जाको अध्यक्षमा अर्याल
१ हप्ता अगाडि
स्याङ्जा : प्रेस चौतारी नेपाल स्याङ्जाको अध्यक्षमा मणीप्रसाद अर्याल चयन हुनु भएकाे छ। बुधबार सम्पन्न छैठौं जिल्ला अधिवेशनले अर्यालको नेतृत्वमा…