गुल्मीमा पनि देखियो सापु रोगका बिरामी ।
गुल्मी:
गुल्मीमा सेतो पुतलीबाट लाग्ने सापु रोगका बिरामी देखिन थालेका छन् । आँखा उपचार केन्द्र गुल्मीबाट हालसम्म चारजना बिरामीलाई रणअम्बिका आँखा अस्पताल भैरहवामा रिफर गरिएको छ । तीमध्ये मालिका र गुल्मी दरबार गाउँपालिकाका एकरएक जना तथा मुसिकोट नगरपालिकाका दुई जना रहेका छन् । सेतो पुतलीको असर हुनेबित्तिकै केन्द्रमा आएकाले आफूहरुले प्राथमिक उपचार गरेर रिफर गरेको आँखा उपचार केन्द्रका नेत्र अधिकृत सूर्यबहादुर बस्नेतले जानकारी दिए ।
सम्पर्कमा आएका सात बिरामीलाई भने सिधै भैरहवा जान सुझाव दिइएको केन्द्रले जनाएको छ । अहिले पनि दैनिक तीन/चार जनाको सङ्ख्यामा सापु रोगको शङ्कामा बिरामी आउने गरेको बस्नेतले जानकारी दिए । सापुको शङ्का लाग्ने बित्तिकै तत्काल स्वास्थ्य संस्थामा जान अनुरोध गर्दै बस्नेतले भने अटेरी गरेमा आँखाको ज्योति नै गुम्न सक्ने बताए ।
समाचार
थप सामाग्री
२०८२ राजनीतिक ‘सुनामी’को वर्ष
२ महिना अगाडि
काठमाडौँ : राजनीतिक दृष्टिले वर्ष, २०८२ निकै उथलपुथलपूर्ण रह्यो । तर वर्षको अन्त्यतिर मुलुकको शान्ति, स्थायित्व र समृद्धिका लागि नयाँ…


