जनगणनामा ‘सनातन हिन्दू धर्म’ विषयक अन्तरक्रिया सम्पन्न

वालिङ :
विश्व हिन्दू युवा संघ स्याङ्जा जिल्लाले जनगणना लाई मध्यनजर गर्दै ‘जनगणनामा सनातन हिन्दू धर्म’ विषयक अन्तरक्रिया कार्यक्रम गरेको छ।
कार्यक्रममा विश्व हिन्दू महासंघ वालिङका सभापति सीताराम अधिकारी , विश्व हिन्दू युवा संघ केन्द्रिय सदस्य दण्डपानी पंगेनी,महेश रेग्मी,संदेश लम्साल,युवराज तिवारी,प्रज्वल रनपाल,विपिन कुँवर लगायतले बाेलेका थिए ।
कार्यक्रममा बाेल्दै दण्डपानी पंगेनीले पछिल्लो समय हिन्दू धर्म संस्कृति माथि भएको प्रहार अाँफूहरुलाई सहैय नहुने बताउनु भयाे । उहाँले अहिलेको जनगणनामा पनि हिन्दू धर्मको प्रतिशत घटाउने खेल भएको र यसको बिरुद्धमा खरो रुपमा उठ्न आग्रह समेत गर्नुभयाे।
कार्यक्रमका बक्ताहरुले हिन्दू धर्म भनेको वैज्ञानिकहरूले पनि विज्ञान संग मिल्ने बताएका छन् उनीहरुले भने हिन्दू धर्मलाई तल झार्ने खेल भएको छ जुन कुरा हामीहरूलाई मान्य छैन ।उनीहरुले जनगणनामा हिन्दू माथि फेरि पनि प्रहार हुन लागेको र यसलाई रोक्न सबै जनासंग अपील गरेका छन्। हिन्दू धर्मलाई विभाजन गर्ने काम भएको तर यो कुनै हालतमा पनि सफल नहुने उनीहरुकाे भनाइ छ।
विश्व हिन्दू युवा संघ स्याङ्जा जिल्ला अध्यक्ष नबराज पौडेलको अध्यक्षता मा सम्पन्न भएको कार्यक्रमको सञ्चालन विश्व हिन्दू युवा संघ जिल्ला सदस्य हरी रेग्मीले गर्नु भएकाे थियाे। अध्यक्ष पाैडेलका अनुशार अब जिल्ला भरि ‘जनगणनामा सनातन हिन्दू धर्म’ विषयमा छलफल चलाइने छ ।
समाचार
थप सामाग्री
झोलुङ्गे पूललाई व्यवसायिकतामा जोडौं : नगरप्रमुख रेग्मी
६ दिन अगाडि
स्याङ्जा : पुतलीबजार नगरपालिका ८ स्थित सुन्दरखोलामा निर्माण गरिएको झोलुङ्गे पूलको शुभारम्भ गरिएको छ । पुतलीबजार नगर प्रमुख तुलसीराम रेग्मीले…