स्याङ्जामा सामाजिक विकास कार्यालयको स्थापना

samajik sakha syangja mekhlal

भवानी अधिकारी/स्याङ्जा :
गण्डकी प्रदेशका शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले बिगतमा रहेको महिला तथा बालबालिका कार्यालयको अभावलाई पुरा गर्न सामाजिक विकास कार्यालय स्थापना गरेको बताए।
स्याङ्जामा सदरमुकाममा सामाजिक विकास कार्यालय स्थापना गर्दै मन्त्री श्रेष्ठल सरकारले स्थानीय तहको अधिकारमाथि हस्तक्षेप नगरेको बताउदै संघ, प्रदेश र स्थानीय तहका सहकार्य बिना कुनै विकास र समृद्धी संभव नहुनेमा जोड दिए।
गण्डकी प्रदेश सरकार अन्तर्गत शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालय मातहत रहनेगरी कार्यालय स्थापना गरिएको हो। शिक्षा विकास कार्यान्वयन ईकाई (शिक्षा) रहेको भवनमा यो कार्यालय स्थापना गरिएको हो। विशेषगरी शिक्षा, संस्कृति, जेष्ठ नागरिक, महिला तथा बालबालिका, अल्पसंख्यक, पिछडिएका वर्ग, सामाजिक सुरक्षा, श्रम तथा रोजगार लगायतका क्षेत्रमा काम गर्नेगरी कार्यालय स्थापना गरिएको उहाका भनाई थिए।
कर्मचारीहरुलाई नागरिकहरु प्रत्यक्ष लाभान्वित हुनेगरी काम गर्न समेत उनले निर्देशन दिए । स्थायी सरकारका रुपमा रहेका कर्मचारीले पूर्ण सहयोग गरेमात्र कार्यक्रमले सफलता पाउने उनको भनाई छन ।
कार्यक्रममा पुतलीबजार नगर उपप्रमुख महेश पुरी, प्रमुख जिल्ला अधिकारी दिपकराज नेपाल, नेपाली कांग्रेसका कार्यवाहक सभापति कुमार राना, राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तका जयनारायण श्रेष्ठ, पत्रकार महासंघका उपाध्यक्ष भवानी अधिकारी, स्याङ्जा जिल्ला अपांग समाजका अध्यक्ष युवराज पराजुली लगायतले कार्यालयको स्थापनासंगै बिशेष संरक्षण गर्नुपर्ने बर्गलाई लक्षित गर्दै स्थापित कार्यालयले तोकिएका लक्ष्य बमोजिमका काम गर्नुपर्नेमा जोड दिए ।
शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयका सचिव बीरेन्द्रबहादुर कुँवरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शाखा प्रमुख इश्वरीप्रसाद रेग्मीले स्वागत एवं शाखा अधिकृत शोभाचन्द्र रेग्मीले संचालन गरेका थिए।
सोही कार्यक्रममा प्रमुख रेग्मीले चालु आर्थिक बर्षमा स्याङ्जामा गर्नुपर्ने कार्ययोजना प्रस्तुत गरेका थिए।

 

Facebook Comments Box
TOP