पाकिस्तानी क्रिकेटर साहिद अफ्रिदी (ईपिएल) क्रिकेट खेल्न काठमाण्डौ आईपुगे ।
काठमाडौं :
पाकिस्तानी क्रिकेटर साहिद अफ्रिदी चौथौं संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपिएल) क्रिकेट प्रतियोगिता खेल्न आज काठमाडौं आईपुगेका छन् । इपिएल असोज ९ देखि २३ सम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने तय छ। उनि काठमाडौं किंग्सबाट खेल्दैछन ।
आज दिउँसो त्रिभुवन विमानस्थल ओर्लिएका अफ्रिदिलाई ईपिएलका निर्देशक अमिर अख्तरले स्वागत गरे। साथै उनी सम्मिलित टोली काठमाडौं किंग्स इलाभेनका पदाधिकारीले पनि स्वागत गरेका थिए। उनलाई टिममा आइकोनिय खेलाडीको रूपमा भित्र्याइएको थियो।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएपछि पाकिस्तानी खेलाडी साहिद अफ्रिदीले नेपाल र नेपालीले दिने सत्कार, सम्मान निकै राम्रो भएको भन्दै यहाँ आउँदा पाकिस्तान जस्तै घर लागेको प्रतिक्रिया दिए। नेपाल राम्रो देश भएको भन्दै अफ्रिदिले नेपाल भ्रमण गर्न पाउँदा खुसी लागेको बताए । साथै उनले आफ्नो लक्ष्य नेपाली जनता र क्रिकेटलाई साथ र सहयोग गर्न नेपाल आएको विमानस्थलमा ओर्लिएपछि प्रतिक्रिया दिए ।
अफ्रिदीले पाकिस्तानका लागि २७ टेस्ट, ३९८ एकदिवसीय र ९९ टी-२० ल खेलेका छन्। टेस्टमा ५ शतक हिर्काएका उनले एकदिवसीय खेलमा ६ शतक बनाएका छन्। उनले एकदिवसीय खेलमा ८ हजार रन बनाएका छन्।
इपिएलमा काठमाडौंसँगै ललितपुर प्याट्रिओट्स, पोखरा राइनोज, चितवन टाइगर्स, भैरहवा ग्लाडियटर्स र विराटनगर वारियर्स गरि छ टिम छन्।
समाचार
थप सामाग्री
शनिबार र आइतबार दुई दिन बिदा दिने सरकारको निर्णय
२ हप्ता अगाडि
काठमाडौँ : सरकारले शनिबार र आइतबार बिदा दिने निर्णय गरेको छ । आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद्…


