सन्दर्भ काँग्रेस महाधिवेशन-महङ्गो राजनिति,खर्चिलो चुनाव,विकृति या यथार्थ?

सागर कुँवर :

२०१५ सालमा वि पि कोईराला चुनाव लडदा नेपालमा पिच बाटो भनेको सिंहदरबार देखि लैनचौर सम्म मात्रै थियोे, धेरै जसो सांसद र मन्त्री साईकल चढेर हिंडथे।
अहिले हरेक घरमा स्कुटि र बाईक छ जसलाई पेट्रोल नै चाहिन्छ।
निर्वाचन आयोगले तोकेको खर्चको सिमा जति सुकै भएपनि यथार्थमा त्यो भन्दा धेरै गुणा चुनावी खर्च हुन्छ।
एउटा वडा अध्यक्षको ५ बर्षको तलब र भत्ता लगभग १५ लाख रुपैयाँ होला जबकी यस्ता जनप्रतिनिधि हरुको स्थानीय चुनवि खर्च नै १५ देखि २५ लाख सम्म गरेको पनि सुनिएको छ।
एउटा प्रतिनिधि सभाको सांसद को जम्मा ५ बर्षको तलब र भत्ता गरि लगभग ४०/४५ लाख सम्म होला जबकि उक्त सांसदको २,३ करोड सम्म खर्च भयो अरे भन्ने सुन्नमा आउछ।
समाजमा धेरै राम्रा व्यक्तिहरु, विगतमा पार्टी संङ्गठन बनाएर पार्टी धानेका व्यक्तित्वहरु यहि खर्चिलाे चुनावका कारण पछाडि सरेका छन, आउन पर्ने उम्मेदावर हरु ब्याक भएका छन।
स्कुटि र बाईकलाई पेट्रोल चाहिने नै भयो।
कहिं गाउँ तिरका वडामा जानू पर्यो जिप रिजर्वको खर्च ४,५ हजार भन्दा थोरैमा पांईदैन।
पहिले नास्ता भनेको भुटेको मकै र मोइ हुन्थ्यो अहिले चाउमिन र म:म मात्रै पाईन्छ।
मानिसको जीवन स्तर विकशित हुँदै जादा विलासिता पनि बढदै जान्छ यो स्वभाविकै हो…..तर
…..हरेक कार्यकर्ताले यो मेरो पनि चुनाव हो, मैले मेरो पार्टीलाई जिताउने हो भनेर बाईकमा पेट्रोल र नास्ताको खर्च आफै गरे कस्तो हुन्थ्यो होला?
उसका ती खर्च एकदिनको होइन दैनिकि हो उसले खर्च गर्न सक्छ पनि।
हरेक कार्यकर्ताले चुनावी उम्मेदवारलाई धेरै आर्थिक भार नबोकाउ भो भनेर सोचिदिए कस्तो हुन्थ्यो होला ?
आमा समुहले कुर्चि टेबल, युवा क्लबले भलिबल र नेट, टोल समुहले मन्दिर र सामुदायिक भवनको माग उम्मेद्वार संग नमागे कस्तो हुन्थ्यो होला?
कार्यकर्ताहरुले बियर र मासुभात आफ्नै पैसाले खाए कस्तो हुन्थ्यो होला?
के यी सब कुरा सम्भव छ?
पक्कै पनि सम्भव छ।
भोलिका दिनमा राजनिति धनी र गरिब दुबै वर्गको लागि सम्भव हुन पर्दछ।
यसको लागि नयाँ पुस्तालाई स्कुलिङको आवस्यकता छ।
राजनिति भनेको विचार र सिद्धान्त हो भन्ने भावना जगाउन आवश्यक छ।
अब काँग्रेसका एजेण्डा यस्ता बिषयमा केन्द्रीत भई यसको समाधान को लागि मनथन र विचार विमर्श गर्नु पर्दछ।

(लेखक कुँवर नेपाली काँग्रेस वालिङ नगर कार्यसमितिकाे सचिव पदका उमेद्वार हुन् )

Facebook Comments Box
TOP