भाेलिबाट नयाँ नोट साट्न पाइने
काठमाडौं : सोमबारदेखि सर्वसाधारणले दशैंका लागि नयाँ नोट साट्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले दशैंका लागि सोमबारदेखि नयाँ नोट साट्न पाउने व्यवस्था गरेको हो ।
राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले राष्ट्र बैंकबाट इजाजत प्राप्त वाणिज्य बैंकहरुको शाखा कार्यालयहरुबाट नयाँ नोट साट्न पाउने जानकारी दिनुभयो । सर्वसाधारणले ५, १०, २० र १०० रुपियाँ दरका नायाँ नोट साट्न पाउने प्रवक्ता ढकालले बताउनुभयो । प्रतिव्यक्ति १८ हजार पाँच सयका दरले नयाँ नोट वितरण गर्ने उहाँले बताउनुभयो । राष्ट्र बैंकले हरेक वर्ष दशैंमा नयाँ नोट वितरण गर्दै आएको थियो । तर, गत वर्ष कोरोना महामारीका कारण राष्ट्र बैंकले नयाँ नोटल वितरण गरेको भने थिएन ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


