आज पनि धेरै स्थानमा वर्षाको सम्भावना ।

पोखरा:
देशभरको मौसम आज (बुधबार) बदली रही धेरै स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार हाल नेपालमा भारतको मध्यप्रदेश र विधार्वा आसपास अवस्थित न्युन चापिय क्षेत्रको प्रभाव रहेको छ। साथै मनसुन न्यून चापिय रेखा औसत स्थान नजिक रहेको छ।
अहिले बिहान देशभर सामान्य देखि पूर्णतया बदली रही प्रदेश नं १, बागमती, गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशका केहि स्थानहरूमा हल्का वर्षा भईरहेको छ।
बुधबार दिउँसो देशभर सामान्य बदली रही धेरै स्थानहरुमा मेघ गर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका एक-दुई स्थानहरुमा भारी वर्षाको संभावना रहेको छ।
राति देशभर सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन र चट्याङ हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । बाग्मती प्रदेशका एक(दुई स्थानहरुमा भारी वर्षाको संभावना रहेको महाशाखाले जनाएको छ ।
समाचार
थप सामाग्री
रेडक्रस मानव सभ्यता बचाउने संस्था हो : सांसद थापा
६ दिन अगाडि
स्याङ्जा : प्रतिनिधि सभा सदस्य सांसद राजु थापाले रेडक्रस मानव सभ्यता बचाउने संस्था भएको बताउनु भएकाे छ । नेपाल रेडक्रस…