उद्यमशीलता र नवप्रवर्तनका क्षेत्रमा वालिङको उदाहरणीय प्रगती:युएनडिपी-डिआरआर वर्नाडो ।

स्याङ्जा :
संयुक्त राष्ट्रसंघीय बिकास कार्यक्रम (युएनडिपी)का उप—आवासीय प्रतिनिधि वर्नाडो कोकोले उद्यमशीलता र नवपर्वतनका क्षेत्रमा वालिङ नगरपालिकाले गरिरहेको काम उदाहरणीय रहेको बताउनु भएको छ ।
यूएनडिपीको सहकार्यमा वालिङ नगरपालिकामा सञ्चालित ‘उद्यमशीलता, व्यवशाय प्रवर्द्धन तथा नवप्रवर्तन केन्द्र’ ईबिकको भ्रमण पछि बोल्दै उपआवासीय प्रतिनिधी कोकोले उद्यमशीलता, नवप्रवर्तन तथा डिजिटल सेवा प्रवाहका क्षेत्रमा नगरपालिकाले निक्कै राम्रो प्रगती गरेको बताउनु भयो । उहाँले भन्नुभयो,‘वालिङको नविनतम कार्य अन्य पालिका तथा क्षेत्रमा समेत अनुकरणीय हुन सक्छ ।’
सो अवसरमा नगरप्रमुख दिलिपप्रताप खाँणले युएनडिपी सँग मिलेर वालिङलाई स्मार्ट वालिङ बनाउने गरी दीर्घकालिन योजना अनुशार काम भईरहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, वालिङलाई स्मार्ट नगर बनाउने गरी ८ बर्षे,१२ बर्षे १६ बर्षे र २० बर्षे योजना तय गरिएको छ, हामी त्यही अनुशार काम गरिरहेका छौं ।
नगर प्रमुख खाँणले युवा, बिदेशबाट फर्किएका तथा स्वदेशमा नै रहेर उद्यम गर्न चाहाने व्यक्तिहरुको सहयोगी केन्द्रको रुपमा ईबिकको स्थापना गरिएको जानकारी दिनुभयो ।


उद्यमी वन्न चाहने व्यक्तिहरुको नविनतम सोच तथा विचारहरुलाई व्यवसायीकरण गर्न आवश्यक सीप र ज्ञान प्रदानका लागि ईबिकले सहजीकरण गर्ने उहाँले बताउनु भयो । उहाँले भन्नुभयो,‘केन्द्रले मेन्टर रोस्टर अर्थात बिज्ञहरुको समूह मार्फत उद्यम गरिरहेका र गर्न चाहेका व्यक्तिहरुलाई सहजीकरण र सहयोग गर्दछ ।’
त्यस्तै नगरउपप्रमुख कल्पना तिवारीले बिभिन्न संघसंस्थासँगको सहकार्य भएकाले नै छोटो अवधीमा आफूहरुले राम्रो काम काम गर्न सफल भएको बताउनु भयो । उहाँले भन्नुभयो,‘उद्यमशीलता प्रवद्र्धन तथा उत्पादक्त्व बढाउने कार्यमा साझेदार संस्थाको सहयोगले काम गर्न सहज भएको छ ।
सो अवसरमा ‘उद्यमशीलता, व्यवशाय प्रवर्द्धन तथा नवप्रवर्तन केन्द्र’ ईबिकको औपचारिक शुभारम्भ समेत गरिएको छ ।


ईबिकले व्यशाय शुरु गर्नका लागि अपरिहार्य रहेको संस्था दर्ता प्रक्रिया नविकरण अडिट लगायका कार्यमा उद्यमीहरुलाई कागजी रित पुर्याउन यसले महत्वपूर्ण सहयोग गर्नुका साथै उत्पादित बस्तुलाई सहज र व्यवस्थित रुपमा बजार सम्म पुर्याउने उपायको खोजीमा समेत सेन्टरले महत्वपूर्ण सहजीकरण गर्ने नगरपालिकाले जनाएको ।
उद्यमी, सल्लाहकार समिति,व्यवसायी विज्ञ, लगानिकर्ता, वित्तिय सस्था,स्थानीयतह र सरोकारवाला सस्थाहरुको सन्जाल मार्फत नयाँ उद्यम तथा व्यवसाय प्रवद्र्धनका लागि इबिकले सहजिकरण गर्ने युएनडिपीका गण्डकी लुम्विनी प्रदेश प्रमुख सुदिप अर्यालले बताउनु भयो । नगरपालिकाले लिएको उद्यमीको शहर बनाउने अभियानलाई युएनडिपीले साथ दिएको उहाँले बताउनु भयो ।


युवाहरुलाई स्थानिय स्तरमा नै स्वोरोजगार हुने वातावरण सिर्जना गरेर युवाहरुको सामाजिक र आर्थिक स्तरमा सुधार ल्याउने यसको मुख्य ध्येय रहेको ईबिक व्यवस्थापन गरिरहेको दियालो संस्थाका अध्यक्ष कविता तिवारीले जानकारी दिनुभयो ।
कहाँ र कुन ठाँउबाट सहजै सेवा, अनुदान, ऋण आदि पाईन्छ भन्ने जानकारी नभएको दुरदराजका कृषक तथा उद्यमीको यो महत्वपूर्ण सारथीको रुपमा ईबिक रहने अध्यक्ष तिवारीले बताउनु भयो ।
परिक्षणका लागि गत सालबाट शुरु गरिएको सेन्टरले १ हजार ३ सय जनालाई सहजीकरण गरिसकेको नगरपालिकाका फोकलपर्सन प्रकाश अर्यालले जानकारी दिनुभयो ।
वालिङ नगरपालिका र संयुक्त राष्ट्रसंघीय बिकास कार्यक्रम युएनडिपीको साझेदारीमा दियालो संस्थाले सञ्चालन गरिरहेको ‘कोभिड १९ उद्धार र सामाजिक आर्थिक प्रतिकार्य परियोजना अन्तर्गत नयाँ अभियानको रुपमा ईबिक सञ्चालनमा ल्याईएको हो ।

यसैबीच, वालिङ नगरपालिका र युएनडिपीको साझेदारीमा वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्यीय सहकारी संस्थाले सञ्चालन गरिरहेको ‘हरियाली पुनःउत्थान परियोजना अन्तर्गत श्रवणकुमार पार्कमा बृक्षारोपण गरिएको संस्थाका अध्यक्ष ल्याप्टेन याम बहादुर गुरुङले जानकारी दिनुभयो । सो अवसरमा कृषक तथा उद्यमीहरुलाई बिउबिजन तथा कृषि औजार समेत बितरण गरिएको थियो । डिआरआर वर्नाडो सहितको टोलीले पनगरपालिकाको फोहरमैला व्यवस्थापन केन्द्र तथा अन्य बिभिन्न ठाउको भ्रमण गरेको थियो ।

Facebook Comments Box
TOP