शिक्षा, स्वास्थ्य तथा कृषि क्षेत्रको बजेट खर्च होईन लगानी हो : नगरप्रमुख खाँण ।
वालिङ :
वालिङ नगरपालिकाका प्रमुख दिलिपप्रताप खाँणले कृषि,पशु,शिक्षा तथा स्वास्थ्य क्षेत्रको बजेटलाई खर्च नभएर लगानीका रुपमा लिनु पर्ने बताउनु भएको छ । उहाँले भन्नुभयो, ‘आज लगानी गरेर भोलि नै प्रतिफल खोज्ने र खै के भयो भनेर भन्न हुँदैन, किनकी यी क्षेत्रहरु दीर्घकालिन लगानीका क्षेत्रहरु हुन् ।’
स्याङ्जाका ११ वटै पालिकाका कृषि तथा पशु प्राविधिकहरु सहभागीतामा शुरु भएको ‘पोषण संवेदनशील कृषि कार्यक्रम’ सम्वन्धी तालिममा बोल्दै प्रमुख खाँणले कृषि क्षेत्रको बिकास बिना आर्थिक संवृद्धी नहुने बताउनु भएको हो ।
गाँउको बिकास गर्दा बिनास हुने अवस्था आउन नदिन सबै चनाखो हुनु पर्ने भन्दै नगरप्रमुख खाँणले कृषि तथा पशु प्राविधिकहरुको उत्पादन बृद्धिमा महत्वपूर्ण भूमिका रहने स्मरण गराउनु भयो ।

कार्यक्रममा कृषि ज्ञान केन्द्र स्याङ्जाका प्रमुख बिनोद हमालले गाँउगाँउमा रहेका कृषि तथा पशु प्राविधिकले उत्पादन बृद्धिमा जोड दिन आग्रह गर्नु भयो । उहाँले भन्नुभयो, गाँउगाँउमा रहेका प्राबिधिकहरु कृषकसँग प्रत्यक्ष सम्पर्कमा रही उनीहरुलाई कृषि सम्वन्धी आवश्यक प्रदान गर्नु पर्छ ।
कार्यक्रममा बोल्दै दियालो संस्थाका अध्यक्ष कविता तिवारीले कृषि उत्पादन र पोषण बीच अन्तरसम्वन्धीत रहेकाले कृषकलाई अर्गानिक खेतीमा आकर्षित गराउनु पर्ने बताउनु भयो ।

कार्यक्रममा सुआहाराका कृषि प्रदेश संयोजक अर्जुन सुवेदी,दियालो सुआहाराका ओम सुवा गुरुङ लगायतले बोलेका थिए ।
दुई दिन सम्म सञ्चालन हुने कार्यक्रममा बिभिन्न बिषयमा प्रशिक्षण तथा छलफल चलाईने सुआहाराले जनाएको छ ।
सुआहारा परियोजनाको आयोजनामा कार्यक्रम सञ्चालन भएको हो । कार्यक्रममा ११ वटै पालिका कृषि तथा पशु प्राबिधिक, कृषि ज्ञान केन्द्र,पशु भेटेरीनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र, दियालो युएनडिपी लगायतका २५ जना प्राबिधिकहरुको सहभागिता रहेको छ ।

समाचार
थप सामाग्री
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
३ हप्ता अगाडि
वालिङ : स्याङ्जाको वालिङस्थित आँधीखोलामा शनिबार दिउँसो एक पुरुषको शव फेला परेको छ। नदीमा अड्किएको अवस्थामा भेटिएको उक्त शव वालिङ…


