नेपाली टिमले बंगलादेशलाई २ -१ हरायो ।

आँधीखोला खवर डेस्क २४ भाद्र २०७८, बिहीबार २१:४३

काठमाण्डौ
नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण महिला फुटबल प्रतियोगितामा नेपाल विजयी भएको छ । दशरथ रंगशालामा बिहीबार भएको खेलमा नेपाल २–१ गोल अन्तरले विजयी भएको हो ।

नेपालका लागि सबिता राना र प्रीति राईले गोल गरेका हुन् । बंगलादेशले एक गोल फर्काएको थियो ।
नेपाली महिला फुटबल टोली २०२२ को एएफसी महिला एसियन कप छनोटको तयारीमा छ  । छनोट प्रतियोगितामा सहभागी हुनुअघि नेपालले तयारीस्वरूप बंगलादेशसँग दुईवटा खेल खेल्नेछ । अब दोस्रो खेल आइतबार दशरथ रंगशालामै हुनेछ । नेपालले एसियन कप छनोट  उज्वेकिस्तानमा खेल्नेछ ।

Facebook Comments Box

ताजा अपडेट

धेरै कमेन्ट गरिएका