नेपाल र बंगलादेशबीचको दोस्रो मैत्रिपूर्ण महिला फुटबल बराबरीमा
काठमाडौं : नेपालको राष्ट्रिय महिला फुटबल टिमले बंगलादेशसँगको दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा बराबरीमै चित्त बुझाएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेल गोलरहित बराबरीमा सकिएको हो । नेपालले अहिलेसम्म बंगलादेशसँग हार खानु नपरेको भए पनि मैत्रिपूर्णमा जित निकाल्दै घरेलु मैदानमा आफ्नो शान कायम राख्न चाहन्थ्यो ।
खेलमा दुवै टिमका खेलाडीले गोल गर्ने थुप्रै अवसर गुमाए । गत सोमबार नेपाल आएको बंगलादेशसँग नेपालले बिहीबार खेलेको पहिलो खेल २-१ ले जितेको थियो । चार खेलाडीले डेब्यु गरेको खेलमा दुवै गोल डेब्यु खेलाडीद्धय सबिता राना र प्रीति राईले गरेका थिए ।
नेपाल एएफसी महिला एसिया कप–२०२२ छनोटको तयारीमा रहेको छ । उज्वेकिस्तानमा असोज २ र ५ गते हुने खेलमा नेपालको समूहमा फिलिपिन्स र हङकङ रहेका छन् । नेपाली टिमलाई पहिलो पटक विदेशी प्रशिक्षकले प्रशिक्षण दिइरहेका छन् ।
समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


