नेपाल र बंगलादेशबीचको दोस्रो मैत्रिपूर्ण महिला फुटबल बराबरीमा

काठमाडौं : नेपालको राष्ट्रिय महिला फुटबल टिमले बंगलादेशसँगको दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा बराबरीमै चित्त बुझाएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेल गोलरहित बराबरीमा सकिएको हो । नेपालले अहिलेसम्म बंगलादेशसँग हार खानु नपरेको भए पनि मैत्रिपूर्णमा जित निकाल्दै घरेलु मैदानमा आफ्नो शान कायम राख्न चाहन्थ्यो ।

खेलमा दुवै टिमका खेलाडीले गोल गर्ने थुप्रै अवसर गुमाए । गत सोमबार नेपाल आएको बंगलादेशसँग नेपालले बिहीबार खेलेको पहिलो खेल २-१ ले जितेको थियो । चार खेलाडीले डेब्यु गरेको खेलमा दुवै गोल डेब्यु खेलाडीद्धय सबिता राना र प्रीति राईले गरेका थिए ।

नेपाल एएफसी महिला एसिया कप–२०२२ छनोटको तयारीमा रहेको छ । उज्वेकिस्तानमा असोज २ र ५ गते हुने खेलमा नेपालको समूहमा फिलिपिन्स र हङकङ रहेका छन् । नेपाली टिमलाई पहिलो पटक विदेशी प्रशिक्षकले प्रशिक्षण दिइरहेका छन् ।

Facebook Comments Box
TOP