भारतसँग नेपाल २–१ गोलले पराजित
काठमाण्डाै : दोस्रो मैत्रीपूर्ण खेलमा नेपाल भारतसँग २–१ गोलले पराजित भएको छ ।
दशरथ रङ्गशालामा खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफमा भारतले दुई गोल र नेपालले एक गोल गरेको हो । भारतका लागि ६२ औं मिनेटमा फारुक हाजी चौधरीले र ८० मिनेटमा कप्तान सुनिल क्षेत्रीले दोस्रो गोल गरे । नेपालका लागि ८६ औं मिनेटमा तेज तामाङले गोल गरे पनि बराबरी वा जितको लागि पर्याप्त भएन ।
खेलमा नेपालले गोलका कयाैँ मौका पाए पनि गोल गर्न भने सकेन । यसअघि गएको बिहीवार भएको पहिलो मैत्रीपूर्ण खेल १–१ गोलको बराबरीमा सकिएको थियो । असोज १५ देखि ३० गतेसम्म माल्दिभ्समा हुने साफ च्याम्पियनसिपको तयारीको लागि नेपाल र भारतले मैत्रीपूर्ण खेल खेलेका हुन् ।
समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


