कांग्रेसको पालिका अधिवेशन भोलि
काठमाडौं: नेपाली कांग्रेसले वडा अधिवेशन सकिएका जिल्लामा शनिबार गाउँपालिका र नगरपालिका अधिवेशन गर्दै छ। दुई चरणमा गरी ६४ जिल्लामा कांग्रेसको वडा अधिवेशन सम्पन्न भएको छ। १३ जिल्लामा क्रियाशील सदस्यताका विवाद टुंग्याए पनि नामावली सार्वजनिक भइसकेको छैन।
असोज ९ मा अधिवेशन गर्नका लागि निर्वाचन अधिकृतहरू पालिकामा खटाइसकिएको कांग्रेस निर्वाचन समितिले जनाएको छ। पालिका अधिवेशनका लागि वडा सभापति र क्षेत्रीय प्रतिनिधि मतदाता हुने व्यवस्था कांग्रेस विधानमा छ।
कांग्रेसले हिमाली जिल्लामा दसैंअघि नै जिल्ला अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको छ। कांग्रेस पदाधिकारी र निर्वाचन समितिको छलफलले हिमाली जिल्लामा दसैंअघि नै अधिवेशन गर्ने निर्णय भएको हो।
वडा अधिवेशन सम्पन्न भइसकेका जिल्लामा असोज १८ गतेसम्ममा पालिका अधिवेशन सक्ने तयारीमा समिति छ।
Facebook Comments Box
समाचार
थप सामाग्री
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
३ हप्ता अगाडि
वालिङ : स्याङ्जाको वालिङस्थित आँधीखोलामा शनिबार दिउँसो एक पुरुषको शव फेला परेको छ। नदीमा अड्किएको अवस्थामा भेटिएको उक्त शव वालिङ…


