कांग्रेस महाधिवेशन : युवा पुस्ताको सक्रियता बढ्यो, हरियाली नेपाल अभियान शुरु

आँधीखोला समाचार डेस्क २४ भाद्र २०७८, बिहीबार १९:२५

टिकाराम अधिकारी :

नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा युवा पुस्ताले नेतृत्व लिने प्रतिस्पर्धा वढेको छ । पुरानो पुस्ता भन्दा नयाँ पुस्ताको करिब ६० प्रतिसत वढी नेतृत्व लिनेहरुको सक्रियता देखिएको छ भने युवा पुस्ताले रचनात्मक कार्य गरेर आफूहरुलाई पहिचान गराउने र आफूहरुलाई रचनात्मक र सिर्जनात्मक कार्यमा सहभागी गराएर आफ्नो नेतृत्व र व्यक्तित्व पहिचान गराउने अभियानमा लागेको देख्न पाईन्छ ।
स्याङ्जाको चापाकोट नगरपालिका वडा नं.१ रोग्दीका युवा विद्यार्थी नेताले आफू नेपाली काँग्रेसको क्षेत्रीय प्रतिनिधिमा छनोट भए पछि युवा पुस्ताले आफूलाई कसरी समाजमा स्थापित हुने र आम जनसमुदाय सम्म जान सकिन्छ र आफ्नो नेतृत्व अरु समय कसरी प्रभाव पारेर नेतृत्व हात पार्न सकिन्छ भन्ने उदेश्यका साथ अगाडि बढेकाछन् ।


राष्ट्रियता, लोकतन्त्र,समाजवाद “परिर्वतन सम्भव छ हाम्रै पालामा”समयको माग ,जनताको आकांक्षा नेपाली काँग्रेसमा युवा पुस्ताको प्रतिनिधित्व भन्ने मूल नाराका साथ नेपाली काँग्रेसको चुनावी चिन्ह रुख भएको बताउदै आफूले नेपाल विद्यार्थी ,नेपाल तरुण दल तथा विभिन्न भातृ संघ तथा नेपाली काँग्रेसका क्षेत्रीय प्रतिनिधिहरुमा विभिन्न जातका फलफूलका एक सय विरुवा वितरण गर्दै समृद्व नेपाल हरियाली नेपाल अभियानका अभियान्ता अमृत वोस्तीले सुभारम्भ गर्नु भएको छ ।
उहाँले नेपाली काँग्रेसको महान चार्डको रुपमा युवा पुस्ताको नेतृत्वमा ल्याउनका लागि र रुख वाढी पहिरो नियन्त्रण गर्न तथा पर्यावणीय हिसाबले समेत महत्वपूर्ण प्रतिकको रुपमा रुख रहेकाले त्यही रुख वितरण गरेको र आफूले प्रदेश महाधिबेशन प्रतिनिधि स्याङ्जा प्रदेश २ ख बाट उमेद्वारी दिने घोषणा समेत गर्नु भएको थियो ।
¬कार्यक्रममा नेपाल तरुण दल साविक क्षेत्र नं.३ का क्षेत्रीय अध्यक्ष तथा नेपाली काँग्रेसका क्षेत्रीय सचिव महेस भट्टराई युवापुस्ताहरुले नेतृत्व लिने र रचनात्मक कार्यमा सरिक भएको र नेपाली काँग्रेसको १४ औं महाधिबेशनमा युवापुस्ताहरुले नेतृत्व लिई रहेको देख्दा खुशी लागेको र त्यसलाई टिकाई राखनका लागि पार्टीको बेला बेलामा प्रशिक्षण हुन आवश्यक भएको बताउनु भयो ।

Facebook Comments Box

ताजा अपडेट

धेरै कमेन्ट गरिएका