नेपाली कांग्रेस चापाकोटको सभापतिमा बिक्रम सारु सर्वसम्मत चयन ।

प्रेम रेग्मी :
नेपाली कांग्रेस चापाकोटको सभापतिमा बिक्रम बहादुर सारु सर्वसम्मत रुपमा चयन हुनु भएको छ
। आज सम्पन्न भएको अधिवेशनले सारु लाई सर्व सम्मत रुपमा चयन गरेको हो । १० जनाले सभापतिमा उमेद्वारी दिएका थिए । सहमतीका लागि बनाईएको कार्यदलले सभापति सहित सबैपदको टुंगो लगाएको हो ।
नवनिर्वाचित उपसभापतिमा सुन्दर भण्डारी र परसुराम लम्साल सचिवमा विश्वास पुरी, माधव गैरे,विश्व भट्टराई र रामु बस्याल सह सचिवमा माधव भट्टराई र फरसुराम डोटेल, कोषाध्यक्षमा प्रविणा आचार्य रहेका छन ।
त्यस्तै जिल्ला सदस्य रामचन्द्र पंगेनी,सन्तोष अधिकारी र ईशा राना चयन भएकाछन् ।

 

Facebook Comments Box
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि

स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…

TOP