विश्व मुटु दिवस, विविध चेतनामूलक कार्यक्रम गरी मनाइँदै
आज विश्व मुटु दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम गरेर यो दिवस मनाईदै छ । ‘मन लगाऊ, सम्पर्क बढाऊ, मुटु बचाऊ’ भन्ने नारासहित मुटु दिवस मनाइँदै छ ।
पछिल्लो समय नेपालमा पनि मुटुरोगका बिरामी अत्यधिक बढ्दै गएकाले चेतनामुलक कार्यक्रमहरु गरिंदैछ ।
विश्व मुटु फेडेरेशन र विश्व स्वास्थ्य संगठनले सन् २००० देखि सेप्टेम्बरको अन्तिम आइतबारलाई विश्व मुटु दिवसका रुपमा मनाउन थाले पनि सन् २०१२ देखि सेप्टेम्बर २९ लाई विश्व मुटु दिवसका रुपमा मनाउने गरिएको छ ।
विश्व मुटु महासंघका अनुसार वर्षेनी १ करोड ८६ लाख मानिसको मुटु सम्बन्धि रोगबाट मृत्यु हुने गरेको छ । सबै भन्दा बढी मानिसको मृत्युको कारक पनि मुटुरोग हुने गरेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । नेपाल जस्ता अल्पविकसित देशहरुमा एक तिहाइ बढी मृत्युको कारक मुटुरोग हुने गरेको छ ।
समाचार
थप सामाग्री
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
३ हप्ता अगाडि
वालिङ : स्याङ्जाको वालिङस्थित आँधीखोलामा शनिबार दिउँसो एक पुरुषको शव फेला परेको छ। नदीमा अड्किएको अवस्थामा भेटिएको उक्त शव वालिङ…


