राष्टपतिबाट विधेयक प्रमाणीकरण: सरकारलाई खर्च गर्ने बाटो खुल्यो ।
काठमाडौँ
राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्का दुवै सदनबाट पारित भएको विनियोजन विधेयक, २०७८ प्रमाणीकरण गरेकी छन् । यो सँगै सरकारलाई खर्च गर्ने बाटो खुलेको छ ।
राष्ट्रपति भण्डारीले बिहीबार विनियोजन विधेयक प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले जानकारी दिएका छन् । प्रमुख प्रतिपक्षी एमालेको दुवै सदनमा अवरोधबीच विनियोजन विधेयक पारित भएको थियो । विधेयक पारित भएपछि सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणित गरेर बिहीबार राष्ट्रपतिकहाँ प्रमाणीकरणका लागि पठाएका थिए ।
विनियोजन अध्यादेश ६० दिनभित्र संसद्बाट पारित हुन नसक्दा सरकार भदौ ३१ गतेदेखि खर्च रोकिएको थियो ।
समाचार
थप सामाग्री
अपराध नियन्त्रण र अनुसन्धानमा सघाउन अर्जुनचौपारीमा १३ सीसीटीभी जडान
३ हप्ता अगाडि
स्याङ्जा : स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१ स्थित बजार क्षेत्रमा शान्ति–सुरक्षा सुदृढ बनाउने तथा अपराध नियन्त्रण र अनुसन्धानलाई प्रभावकारी बनाउने उद्देश्यले १३…


