गजल वाचनको विशेष कार्यक्रम : गण्डकी गजल प्रवाह – २०७८ सम्पन्न

dilip pratak khand kalpana tiwari
वालिङ :
युवाकवि मोतीराम भट्टको १५६ औं जयन्तीको सन्दर्भमा वालिङ प्रज्ञा प्रतिष्ठान र वालिङ नगरपालिकाको आयोजनामा स्याङ्जा जिल्लामै आधुनिक नेपाली गजल वाचनको पहिलो विशेष कार्यक्रम ” गण्डकी गजल प्रवाह – २०७८ ” सम्पन्न भएको छ ।
 वालिङ प्रज्ञा प्रतिष्ठानका संयोजक तथा वरिष्ठ साहित्यकार  देवीप्रसाद वनवासीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएकाे हाे।
कार्यक्रममा बाेल्दै वालिङ नगरपालिकाका प्रमुख तथा वालिङ प्रज्ञा प्रतिष्ठानका प्रमुख संरक्षक दिलीपप्रताप खाँणले साहित्य मानव जीवनका लागि अपिरहार्य पक्ष रहेकाे बताउनु भयाे । त्यस्तै  नगर उप – प्रमुख तथा वालिङ प्रज्ञा प्रतिष्ठानका संरक्षक कल्पना तिवारीले साहित्यले जीवन जीउन सिकाउने बताउनु भयाे ।
” गण्डकी गजल प्रवाह – २०७८ ” कार्यक्रममा विशेष आमन्त्रित गजलकार व्यक्तित्वको रूपमा नवीन अंकुर लामिछाने – लमजुङ , हाल – मनाङ , विक्रम ढकाल अनुराग – नवलपुर , उत्तम अधिकारी – तनहुँ , वसन्त खनाल – स्याङ्जा , तारानाथ पराजुली – पर्वत , दीपक सुनार दासी – स्याङ्जा , निकेेश गिरी – कास्की र अजित काफ्ले – स्याङ्जाले विशेष गजल वाचन गर्नुभएको थियोे ।
त्यस्तै अग्निकुमार रेग्मी पल्लव , रोशन तिमिल्सिना ( कास्की ) , तोरणराज बस्याल , प्रेमप्रसाद सुवेदी , खगेन्द्रप्रसाद अर्याल , डोलराज डुम्रे विकल्प , लेखनाथ काफ्ले , राजु मार्मिक , स्वस्तिक अपार ( कास्की ) , दीप शारदा ( पर्वत ) , सन्जोग गैह्रे , दमकुमारी बगाले , भोजकुमारी पाण्डे , बोधराज न्यौपाने , कमलप्रसाद बगाले र नवीन भुषाल लगायतले गजल वाचन गर्नुभएको थियोे ।
कार्यक्रममा स्वागत मन्तव्य वालिङ प्रज्ञा प्रतिष्ठानका सचिव शम्भु अर्यालले प्रस्तुत गर्नुभएको थियोे भने कार्यक्रमको सहजीकरण मिलन समीरले गर्नु भएकाे थियाे ।
Facebook Comments Box
TOP