फोटो पत्रकार क्लबको अध्यक्षमा श्रुति श्रेष्ठ चयन
काठमाण्डाै : फोटो पत्रकारको छाता संस्था फोटो पत्रकार क्लबको अध्यक्षमा श्रुति श्रेष्ठ चयन हुनुभएको छ । क्लबकाे हिजाे सम्पन्न ११ औँ साधारणसभाले श्रेष्ठको अध्यक्षतामा १२ सदस्यीय कार्यसमिति चयन गरेको हो ।
क्लबको उपाध्यक्षमा नेपाल रिपब्लिक मिडियाका दिपेश श्रेष्ठ, महासचिवमा कान्तिपुर पब्लिकेशनका प्रकाशचन्द्र तिमिल्सिना, कोषाध्यक्षमा राजधानी दैनिकका द्वारिकाप्रसाद काफ्ले, सचिवमा नयाँ पत्रिका दैनिकका अमूल थापा र प्रवक्तामा गोरखापत्र दैनिकका विकास द्वारे निर्विरोध निर्वाचित हुनुभएको छ ।

सदस्यमा कान्तिपुरका अङ्गद ढकाल, सेतोपाटी अनलाइनकी निशा भण्डारी, देशसञ्चार अनलाइनकी वर्षा शाह, दि हिमालय टाइम्सका स्कन्द गौतम, अन्नपूर्ण पोष्टका दिपेन श्रेष्ठ र स्वतन्त्र फोटो पत्रकार लक्ष्मीप्रसाद ङाखुशी चयन हुनुभएको छ ।
नेपाल पत्रकार महासङ्घ केन्द्रीय कार्यालयमा आयोजित साधारणसभामा निर्वाचित पदाधिकारी तथा सदस्यलाई निर्वाचन समितिका संयोजक एवं अन्तर्राष्ट्रिय खेलकुद पत्रकार महासङ्घका कोषाध्यक्ष निरञ्जन राजवंशी, फोटो पत्रकार नरेन्द्र श्रेष्ठ, किरण पाण्डे, भास्वर ओझा तथा क्लबका पूर्वअध्यक्ष प्रकाश माथेमाले प्रमाणपत्र प्रदान गर्नुभयो ।
समाचार
थप सामाग्री-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
-
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
४ हप्ता अगाडि
स्याङ्जा : स्याङ्जाको गल्याङ नगरपालिका–८ करादीस्थित भित्री सडक खण्डमा सोमबार साँझ जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ…


