वालिङमा उद्यमशीलता, व्यवशाय प्रवर्द्धन तथा नवप्रवर्तन केन्द्र ईबिकको स्थापना ।
स्याङ्जा :
वालिङ नगरपालिकालाई उद्यमीको शहर बनाउने लक्ष्य सहित उद्यमशीलता, व्यवशाय प्रवर्द्धन तथा नवप्रवर्तन केन्द्र ईबिकको स्थापना गरिएको छ ।
वालिङ नगरपालिका परिसरमा स्थापना भएको सेन्टरले उद्यमी बन्न चाहेका तर उचित ज्ञान नभएका युवा तथा उद्यमीहरुलाई सहयोग र सहजीकरण गर्ने बताईएकोछ ।
युवा, बिदेशबाट फर्किएका तथा स्वदेशमा नै रहेर उद्यम गर्न चाहाने व्यक्तिहरुको सहयोगी केन्द्रको रुपमा ईबिकको स्थापना गरिएको वालिङ नगरप्रमुख दिलिपप्रताप खाँणले जानकारी दिनुभयो ।
उद्यमी वन्न चाहने व्यक्तिहरुको नविनतम सोच तथा विचारहरुलाई व्यवसायीकरण गर्न आवश्यक सीप र ज्ञान प्रदानका लागि ईबिकले सहजीकरण गर्ने उहाँले बताउनु भयो । उहाँले भन्नुभयो,‘केन्द्रले मेन्टर रोस्टर अर्थात बिज्ञहरुको समूह मार्फत उद्यम गरिरहेका र गर्न चाहेका व्यक्तिहरुलाई सहजीकरण र सहयोग गर्दछ ।’
व्यशाय शुरु गर्नका लागि अपरिहार्य रहेको संस्था दर्ता प्रक्रिया नविकरण अडिट लगायका कार्यमा उद्यमीहरुलाई कागजी रित पुर्याउन यसले महत्वपूर्ण सहयोग गर्नुका साथै उत्पादित बस्तुलाई सहज र व्यवस्थित रुपमा बजार सम्म पुर्याउने उपायको खोजीमा समेत सेन्टरले महत्वपूर्ण सहजीकरण गर्ने खाँणले बताउनु भयो ।
उद्यमी, सल्लाहकार समिति,व्यवसायी विज्ञ, लगानिकर्ता, वित्तिय सस्था,स्थानीयतह र सरोकारवाला सस्थाहरुको सन्जाल मार्फत नयाँ उद्यम तथा व्यवसाय प्रवद्र्धनका लागि इबिकले सहजिकरण गर्ने युएनडिपीका गण्डकी लुम्विनी प्रदेश प्रमुख सुदिप अर्यालले बताउनु भयो । नगरपालिकाले लिएको उद्यमीको शहर बनाउने अभियानलाई युएनडिपीले साथ दिएको उहाँले बताउनु भयो ।

युवाहरुलाई स्थानिय स्तरमा नै स्वोरोजगार हुने वातावरण सिर्जना गरेर युवाहरुको सामाजिक र आर्थिक स्तरमा सुधार ल्याउने यसको मुख्य ध्येय रहेको ईबिक व्यवस्थापन गरिरहेको दियालो संस्थाका अध्यक्ष कविता तिवारीले जानकारी दिनुभयो ।
कहाँ र कुन ठाँउबाट सहजै सेवा, अनुदान, ऋण आदि पाईन्छ भन्ने जानकारी नभएको दुरदराजका कृषक तथा उद्यमीको यो महत्वपूर्ण सारथीको रुपमा ईबिक रहने अध्यक्ष तिवारीले बताउनु भयो ।
सेन्टरको आज वालिङ नगर प्रमुख दिलिप प्रताप खाँण, युएनडिपीका आवासीय प्रतिनिधि बर्नाड कोको र युएनडिपीका गण्डकी लुम्बिनी प्रदेश प्रमुख सुदिप अर्यालले औपचारिक रुपमा शुभारम्भ गर्नु भएको हो ।

सो अवसरमा बोल्दै युएनडिपीका आवासीय प्रतिनिधी बर्नाड कोकोले वालिङ नगरपालिकाले उद्यमशीलता प्रवद्र्धनका लागि शुरु गरेको अभियान अरुका लागि समेत उदाहरणीय रहेको बताउनु भयो ।
परिक्षणका लागि गत सालबाट शुरु गरिएको सेन्टरले १ हजार ३ सय जनालाई सहजीकरण गरिसकेको नगरपालिकाका फोकलपर्सन प्रकाश अर्यालले जानकारी दिनुभयो ।
वालिङ नगरपालिका र संयुक्त राष्ट्रसंघीय बिकास कार्यक्रम युएनडिपीको साझेदारीमा दियालो संस्थाले सञ्चालन गरिरहेको ‘कोभिड १९ उद्धार र सामाजिक आर्थिक प्रतिकार्य परियोजना अन्तर्गत नयाँ अभियानको रुपमा ईबिक सञ्चालनमा ल्याईएको हो ।
यसैबीच, वालिङ नगरपालिका र युएनडिपीको साझेदारीमा वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्यीय सहकारी संस्थाले सञ्चालन गरिरहेको ‘हरियाली पुनःउत्थान परियोजना अन्तर्गत श्रवणकुमार पार्कमा बृक्षारोपण गरिएको संस्थाका अध्यक्ष ल्याप्टेन याम बहादुर गुरुङले जानकारी दिनुभयो ।



समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


