राष्ट्रबैंक द्द्वारा क्रिप्टोकरेन्सीलाई गैरकानुनी ठहर ।

 

काठमाडौँ
क्रिप्टोकरेन्सीको कारोबारलाई नेपाल राष्ट्र बैंकले गैरकानुनी भनेको छ । एक सूचना जारी गर्दै बिहीबार बैंकले क्रिप्टोकरेन्सी गैरकानुनी रहेको ठहर गर्दै कारोबार गर्नेलाई कानुन अनुसार कारबाही गर्ने चेतावनी दिएको हो ।

क्रिप्टो करेन्सी एउटा डिजिटल मुद्रा हो जसलाई अनलाइन मार्फत रकम भुक्तानी वा ट्रान्सफर गर्दा प्रयोग गरिन्छ । यो वास्तवमा पैसाको अनलाइन संस्करण वा भर्चुअल मुद्रा हो भन्दा फरक पर्दैन । यस्तो खालको डिजिटल सम्पत्ति जसलाई एक जनाबाट अर्को व्यक्तिमा हस्तान्तरण गर्न सकिन्छ ।
बिट क्वाइन सबैभन्दा पहिलो क्रिप्टो करेन्सी हो, जुन ८ वर्षअघि अस्तित्वमा आएको थियो । लाइट क्वाइन र डोजक्वाइन लगायतका विभिन्न खाले डिजिटल करेन्सीहरु अहिले प्रचलनमा रहेका छन् ।

राष्ट्र बैंकले यस्ता क्रिप्टोकरेन्सीको कारोबार नगर्न र नगराउन सबैलाई आग्रह पनि गरेको छ । पछिल्लो समय क्रिप्टोकरेन्सीको कारोबार, प्रयोगमा संलग्न हुन प्रोत्साहन गर्ने गरेको पाइएको बैंकका कार्यकारी निर्देशक रामु पौडेलद्वारा जारी सूचनामा भनिएको छ । विदेशी विनियम (नियमित गर्ने) ऐन, २०१९ ले दिएको अधिकार प्रयोग गरी सूचना जारी गरिएको छ ।

Facebook Comments Box
TOP