पछिल्लो २४ घण्टामा १ हजार २६८ जनामा कोरोना ।
काठमाण्डौ :
नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार २६८ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ८७५ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट १०२४ र एन्टिजेन विधिबाट २४४ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको हो ।
देशभर हाल ३१ हजार ९२६ जना सक्रिय संक्रमित रहेका छन् । यसमध्ये २९ हजार ६५८ जना होमआइसोलेसनमा, २ हजार १६८ जना संस्थागत आइसोलेसनमा, ५५४ जना सघन उपचार कक्षमा र १७२ जना भेन्टिलेटरमा रहेका छन् ।
यही अवधिमा थप २ हजार १९५ जना निको पनि भएका छन् । कूल संक्रमितमध्ये ७ लाख २५ हजार ६५१ जना निको भइसकेका छन् । नेपालमा निको हुने दर ९४.५ प्रतिशत रहेको छ ।
कोभिड–१९ को संक्रमणबाट थप ९ जनाले ज्यान गुमाएका छन् । हालसम्म १० हजार ८१८ जनाको मृत्यु भइसकेको छ ।
समाचार
थप सामाग्री
उत्कृष्ट मावि सम्मानबाट वालिङकाे आदर्श मावि सम्मानित
२ महिना अगाडि
काठमाडौं : स्याङ्जाको वालिङ–८, भीमटारीस्थित श्री नेपाल आदर्श माध्यमिक विद्यालय राष्ट्रिय स्तरको “उत्कृष्ट माध्यमिक विद्यालय सम्मान–२०८३” बाट सम्मानित भएको छ।…


