काठमाडौंबाट पोखरा आउँदै गरेको कार मुग्लिन-त्रिशुलीमा दुर्घटना ।
काठमाडौं
काठमाडौंबाट पोखरा आउँदै गरेको कार चितवनको मुग्लिन नजिक इच्छाकामना गाउँपालिका वडा नं. ५ स्थित नाग्दी खोलाबाट त्रिशूली नदीमा खस्दा तीन जना बेपत्ता भएका छन् ।
ग।२ च ४९१८ नम्बरको कार गएराति पौने १२ बजेतिर अनियन्त्रित भई सडकबाट करिब ३५ मिटर तल त्रिशूली नदीमा खस्दा चालक सहित तीनजना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
बेपत्ता हुनेमा कार चालक पोखरा महानगरपालिका वडा नं. १७ का ५५ वर्षका प्रेम बहादुर भुजेल, सोही स्थानका ५५ वर्षका लेख बहादुर भुजेल र उनकी श्रीमती ३६ वर्षीया ईश्वरी भुजेल छन् ।
कार दुर्घटनामा परी पोखरा महानगरपालिका–१७ का ४६ वर्षीय रुद्रलाल सुवेदी घाइते भएका छन् । उनको भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेज (पूरानो मेडिकल कलेज) मा उपचार भइरहेको छ । बेपत्ता भएकाको खोजी जारी रहेको प्रहरीले जनाएको छ । चितवन प्रहरीले राति पौने २ बजेतिर घटनाको जानकारी पाएको थियो ।
प्रेम भुजेल पोखरा चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष हुन्। उक्त दुर्घटनामा परेको कार पनि भुजेलकै हो । यही असोज २ गते सम्पन्न पोखरा चेम्बर अफ कमर्शको तेस्रो साधारणसभा एवं प्रथम अधिवेशनबाट भुजेल वरिष्ठ उपाध्यक्ष पदमा निर्वाचित भएका थिए ।
भुजेल कपडा व्यवसायी संघ, कास्कीको पूर्व अध्यक्ष, पोखरा उद्योग वाणिज्य संघको पूर्व कार्यसमिति सदस्य, नेकपा (एमाले)को जनवर्गीय संगठन नेपाल उद्योग तथा व्यवसायी महासंघ कास्कीको सदस्य हुन् । हंसपुरका उनी प्रकृति सप्लायर्सका सञ्चालक हुन् ।
समाचार
थप सामाग्री
उत्कृष्ट मावि सम्मानबाट वालिङकाे आदर्श मावि सम्मानित
२ महिना अगाडि
काठमाडौं : स्याङ्जाको वालिङ–८, भीमटारीस्थित श्री नेपाल आदर्श माध्यमिक विद्यालय राष्ट्रिय स्तरको “उत्कृष्ट माध्यमिक विद्यालय सम्मान–२०८३” बाट सम्मानित भएको छ।…


