आज १०८औं बिपी जयन्ती : नेपालको प्रजातान्त्रिक आन्दोलनमा बिपीको योगदानको स्मरण गरिदै

काठमाडौं । आज १०८औं वीपी जन्मजयन्ती । विसं १९७१ साल भदौ २४ गते जन्मनु भएका बिश्वेश्वरप्रसाद कोइराला नेपालको प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा नेपाली कांग्रेसका संस्थापक नेता हुनुहुन्थ्यो ।
नेपालमा प्रजातन्त्र स्थापनाका लागि कठोर संघर्ष गर्नुभएका कोइराला २०१५ सालको चुनावपछि पहिलो निर्वाचित प्रधानमन्त्री बन्नुभएको थियो । आफ्नो प्रधानमन्त्रीकालमा उहाँले देशबाट बिर्ता उन्मूलन तथा भूमि सुधारलगायतका सुधारात्मक काम शुरु गर्नुभएको थियो ।
नेपाली कांग्रेसको नेतृत्वमा २००७ सालमा राणा विरोधी क्रान्ति सफल गराउन बिपीको योगदान अनुलनीय रहेको छ । २०१७ पुस १ गते जननिर्वाचित सरकार अपदस्थ गरिएपछि कोइराला लगायत नेताहरुलाई तत्कालिन सरकारले बन्दी बनाएको थियो ।
२०२५ सालमा स्वास्थ्य परीक्षणका लागि जेल मुक्त हुनुभएका कोइरालाले ८ वर्षसम्म भारतमा निर्वासित जीवन बिताउनुभयो । २०३३ पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई उहाँ स्वदेश फर्कनुभएको थियो ।
बिपी कोइरालाले नेपाली साहित्य क्षेत्रमा पनि महत्वपूर्ण योगदान पु¥याउनुभएको छ । उहाँका डेढ दर्जन कृति प्रकाशित छन् । कोइरालाको क्यान्सर रोगका कारण ०३९ साउन ६ गते निधन भएको थियो ।
समाचार
थप सामाग्री
वालिङमा तमु भाषा खेमा लिपि प्रशिक्षण
२ हप्ता अगाडि
वालिङ : स्याङ्जाको वालिङमा तमु भाषा सम्बन्धी ३ दिनको प्रशिक्षण शुरु भएको छ । तमु ह्युल छोज धिं गुरुङ राष्ट्रिय…