गायिका विष्णु माझीको माइतीघर चापाकोटमा पुग्यो प्रहरी ।
स्याङ्जा :
जिल्ला प्रहरी कार्यालय स्याङ्जाको प्रहरी टोली चर्चितगायिका बिष्णु माझीको माईतीघर चापाकोट पुगेको छ ।
राष्ट्रिय मानव अधिकार आयोगले जिल्ला प्रशासन र प्रहरी कार्यालयहरुलाई पत्राचार गरी उनको अवस्था बुझ्न आग्रह गरेको थियो ।
आयोगको चासोपछि उनको अवस्थाबारे बुझ्न जिल्ला प्रहरी कार्यालय स्याङ्जाले गायिका माझीको माइतीघरमा प्रहरी टोली पठाएको जिल्ला प्रहरी स्याङ्जाका प्रमुख एस्पी होबिन्द्र बोगटीले जानकारी दिनुभयो । प्रमुख बोगटीका अनुशार घरमा कोही पनि भेटिएनन् । विष्णुका बाबुआमाको मृत्यु भइसकेको छ भने दाजु वैदेशिक रोजगारमा छन् ।
आयोगलाई गायिका बिष्णु माझीको माईतिको अवस्थाबारे मौखिक जानकारी गराई सकिएको एसपी बोगटीले जानकारी दिनुभयो ।
तीज विशेष भन्दै माझीले गाएको ’चरी जेलैमा’ गीतले पछिल्लो समय चर्चा मात्रै नभएर उनको नीजी जीवन सार्वजनिक हुनुपर्ने बहस पनि चलिरहेको छ । धेरैले गीत उनकै जीवनको व्यथा भएको तर्क गरेका छन्। माझीले गाएको उक्त गीतलाई उनकै श्रीमान सुन्दरमणि अधिकारीले शव्द रहेको छ ।
यसअघि पनि विष्णुबारे यस्तै चासो भएपछि स्याङजा प्रहरीले उनीहरूलाई बोलाएको थियो । २०७५ सालमा जिल्ला प्रहरी कार्यालयमा उपस्थित भएकी माझीले आफू आफ्नै स्वेच्छाले यसरी जीवन बिताइरहेको बताएकी थिइन् ।
समाचार
थप सामाग्री-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
-
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
४ हप्ता अगाडि
स्याङ्जा : स्याङ्जाको गल्याङ नगरपालिका–८ करादीस्थित भित्री सडक खण्डमा सोमबार साँझ जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ…


