‘कमेडी च्याम्पियन २’को उपाधि भरतमणिलाई
काठमाडौं : हाँस्य रियालिटी शो कमेडी च्याम्पियन सिजन २ को विजेता भरतमणि पौडेलले जितेका छन् ।
शनिबार राती सम्पन्न उक्त रियालिटीको अन्तिम विजेताको प्रतिस्पर्धीहरुमा भरतमणि पौडेल, विक्की अग्रवाल र सन्तोष थापा रहेका थिए । अग्रवाल र थापालाई पछि पार्दै ताप्लेजुङका पौडेल कमेडि च्याम्पियन बनेका हुन् । उपाधिसँगै उनले कार र २५ लाख रुपैयाँ पुरस्कार जितेका छन् ।
भरतमणि शोमा बिभिन्न उत्कृष्ट प्रस्तुति दिँदै ‘पफर्मर अफ द राउण्ड’ मार्फत फाइनलमा पुगेका थिए । पूर्व सञ्चारमन्त्री गोकुल बास्कोटा र पूर्व युवराज पारस शाहको क्यारिकेचर गरेपछि भरतमणिको लोकप्रियता बढेको थियो । उनको प्रस्तुतीले निकै तारिफसमेत पाएको थियो ।
विक्की र सन्तोषले प्रस्तुति र दर्शकको भोटिङले फाइनलसम्मको यात्रा गरेका हुन् । भरतमणि ताप्लेजुङका हुन् भने सन्तोष गोर्खाबाट र विक्की सिक्किमबाट सहभागी भएका हुन् ।
यस्तै, सिक्किमका विक्की फस्ट रनर–अप बनेका छन् । प्रतियोगिताको उपविजेता बनेका उनले ’टिभिएस अपाचे’ बाइक पाएका छन् । गोरखाका सन्तोष थापा भने तेस्रो स्थानमा चित्त बुझाए। उनले टिभिएस स्कुटर पुरस्कार पाएका छन्। पहिलो सिजनको कमेडी च्याम्पियन हिमेश पन्तले जितेका थिए ।
समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


