वामदेव गौतमले नेकपा एमाले परित्याग गरे ।
काठमाण्डौ
एमाले उपाध्यक्ष वामदेव गौतमले पार्टी परित्याग गरेका छन्। पार्टी मुख्यालय थापाथलीमा गएर गौतमले पार्टी परित्याग गरेको जानकारी गराएका हुन्।
पार्टी परित्यागको पत्र पार्टी अध्यक्ष केपी ओलीलाई गौतमले पठाएको एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले बताए। गौतमका स्वकीय सचिव दीपक टमाटाले पार्टीको सबै जिम्मेवारी र पार्टीबाट राजीनामा दिएको बताए।
गौतमले लेखेको राजीनामा पत्रमा ओलीले संविधानको सर्वोच्चता र कानुनी राज्यको सिद्धान्तलाई परिपालना नगरेको उल्लेख छ। जनादेशलाई लत्याउँदै दुई पटक प्रतिनिधि सभा विघटन गरेको आरोप समेत गौतमले ओलीलाई लगाएका छन्।
२०७७ पुस ५ गतेदेखि नै गौतम पार्टीमा निष्क्रिय बन्दै आएका थिए। माधव नेपालले गठन गरेको नेकपा एकीकृत समाजवादीमा सहभागी हुने बताएका गौतमले निर्वाचन आयोगमा सनाखत भने गरेका थिएनन्। एकीकृत समाजवादीले जनताको बहुदलीय जनवादलाई सिद्धान्तको रूपमा मान्ने भए मात्रै उक्त पार्टीमा रहने उनले बताएका छन्।
समाचार
थप सामाग्री
स्याङ्जाबाट अबैध युरिया मल लिएर गएको ट्रक पाल्पामा नियन्त्रण
१ हप्ता अगाडि
तानसेन : अवैध युरिया मल बोकेको ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । विना बिलबिजक युरिया मल ढुवानी गरेको अवस्थामा प्रहरीले…


