बाढीले कार बगाउँदा चार जनाको मृत्यु ।
दाङ
दाङको सिस्ने खोलामा आएको बाढीले कार बगाउँदा चार जनाको मृत्यु भएको छ । यसअघि दुई जनाको शव भेटिएको थियो भने अर्का दुई जनाको शव हिजै भेटिएपछि मृतक सङ्ख्या चार पुगेको हो ।
मृत्यु हुनेमा घोराही–१३ की ४० वर्षीया रितामाया पुन, सोही ठाउँकै ३२ वर्षीय शुशीला श्रेष्ठ, घोराही–१४ की ३० वर्षीया राधा श्रेष्ठ कुवँर र सोही ठाउँकै ४२ वर्षीया बिमला केसी रहेका छन् ।प्रहरीका अनुसार रुपैडिया बजारबाट सरसामान किनमेल गरेर फर्कँदै गरेको प्रदेश ०३– ०१ –०२४ च ४४४० नम्बरको कारलाई बाढीले बगाएको हो ।कारका चालक घोराही–१५ का ४० वर्षीय नरबहादुर पुनलाई भने उद्धार गरिएको प्रहरीले जनाएको छ । चालकलाई खुट्टा भाचिएको अवस्थामा उद्धार गरिएको प्रहरीले जनाएको छ । अहिले चालकको घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ
समाचार
थप सामाग्री
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
३ हप्ता अगाडि
वालिङ : स्याङ्जाको वालिङस्थित आँधीखोलामा शनिबार दिउँसो एक पुरुषको शव फेला परेको छ। नदीमा अड्किएको अवस्थामा भेटिएको उक्त शव वालिङ…


