बस र ट्रक एकआपसमा ठोक्किँदा तीन जनाको मृत्यु , २४ घाइते।

नवलपुर:

पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा बस र ट्रक एकआपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ भने २४ घाइते भएका छन् ।

काँकडभिट्टाबाट महेन्द्रनगरका लागि छुटेको सुप्र ०२–००१ नंको यात्रुबाहक बस र ना ६ ख ७१२६ नंको ट्रक नवलपुरको गैँडाकोट–१० , २३ स्मृति पुल नजिक एकआपसमा आज विहान ठोक्किएको थियो ।

जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्व नवलपुरका प्रहरी नायब उपरीक्षक दिलीप कुमार गिरीका अनुसार बस सडकबाट १० मिटर तल खस्दा सवार तीन जनाको घटनास्थलमै मृत्यु भएको हो । उनका अनुसार मृत्यु हुनेमा बर्दिया जिल्ला बासबारि नगरपालिका वडा नम्बर ८ बस्ने ७० बर्षिय योगमाया सुवेदी, कञ्चनपुरकी ४० वर्षिय रंगि तिवारी र कञ्चनपुर महेन्द्रनगर झरारि बस्ने अन्दाजी ३०-३५ बर्षिय कृष्ण राना रहेका छन् ।

बसमा चालकसहित २६ जना सवार रहेका बताइएको छ । तीमध्ये तीन जना घाइतेको अवस्था गम्भीर छ । यसैगरी ट्रकका चालकसमेत घाइते भएका छन् ।

 

तस्विर:  गण्डक

Facebook Comments Box
TOP