जाजरकोटमा भरुवा बन्दुकसहित एक पक्राउ

जाजरकोट — जाजरकोटका एक जना भरुवा बन्दुकसहित पक्राउ परेका छन् । भेरी नगरपालिका ६ भेरे निवासी ५५ वर्षीय रगवीर घर्तीलाई अवैध भरुवा बन्दुकसहित प्रहरीले पक्राउ गरेको हो । एकनाले भरुवा बन्दुक बोकेर जंगलमा सिकार खेल्न हिँडेका घर्तीलाई सादा पोसाकमा खटिएका प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख डिएस्पी मधुकुमार थापाले बताए । घर्तीलाई अदालतबाट म्याद थपेर अनुसन्धानका लागि प्रहरी हिरासतमा राखिएको छ ।

Facebook Comments Box
TOP