जाजरकोटमा भरुवा बन्दुकसहित एक पक्राउ

जाजरकोट — जाजरकोटका एक जना भरुवा बन्दुकसहित पक्राउ परेका छन् । भेरी नगरपालिका ६ भेरे निवासी ५५ वर्षीय रगवीर घर्तीलाई अवैध भरुवा बन्दुकसहित प्रहरीले पक्राउ गरेको हो । एकनाले भरुवा बन्दुक बोकेर जंगलमा सिकार खेल्न हिँडेका घर्तीलाई सादा पोसाकमा खटिएका प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख डिएस्पी मधुकुमार थापाले बताए । घर्तीलाई अदालतबाट म्याद थपेर अनुसन्धानका लागि प्रहरी हिरासतमा राखिएको छ ।
Facebook Comments Box
विचित्र संसार
थप सामाग्री
सेक्स पावर बढाउने भियाग्राको कहानीः भुल भुलैयामै अविष्कार भएका यी पाँच औषधी !
४ महिना अगाडि
एजेन्सी: | क्रिष्टोफर कोलम्बस सुन र मसलाका लागि एसियाको खोजीमा घरबाट निक्लेका थिए । तर उनले पत्ता लगाए अमेरिका । यस्तै…