युएनडिपीको साझेदारीमा हरित पुन:उत्थान परियोजना वालिङमा शुरु,फोहोरमैलालाई स्रोतको रुपमा प्रयोग गरिने ।

वालिङ :
स्याङ्जाको वालिङ नगरपालिकामा हरित पुनःउत्थान प्रवद्र्धन परियोजना(पिजीआरपी) सुरु भएको छ । नगरलाई सफा सुन्दर बनाउनका साथै रोजगारी सिर्जना गर्ने तथा उत्पादन बृद्धि गर्ने लक्ष्य सहित परियोजना सुरु गरिएको बताईएको छ ।
संयुक्त राष्ट्रसंघीय बिकास कार्यक्रम (युएनडिपी) र वालिङ नगरपालिकाको साझेदारी तथा वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्यीय सहकारी संस्थाको व्यवस्थापनमा परियोजना शुरु भएको हो ।
कार्यक्रममा बोल्दै वालिङ नगरपालिकाका प्रमुख दिलिप प्रताप खाँणले फोहरलाई श्रोतका रुपमा प्रयोग गरी रोजगारी सिर्जना गरिने बताउनु भयो । उहाँले भन्नुभयो, फाहोरको सम्वन्धमा नागरिकको सोच परिवर्तन गर्न सकेमा सहजै रोजगारी सिर्जना गर्न सकिन्छ ।
स्मार्ट सिटिको अवधारणामा अगाडि बढेको नगरलाई बिभिन्न दातृ निकायबाट सहयोग लिईएर योजना अगाडि बढाईएको जानकारी दिनुभयो ।
कार्यक्रममा बोल्दै युएनडिपी नेपालका लुम्बिनी र गण्डकी प्रदेश प्रमुख सुदिप अर्याल दीगो बिकास लक्ष्य प्राप्तीका लागि हरित पुनःउत्थान परियोजनाले सहयोग पुर्याउने बताउनु भयो । उहाँले भन्नुभयो ‘वालिङको सोच र योजनामा युएनडिपीको सहकार्य निक्कै उपलव्धिमूलक रहेको छ’ ।
वालिङ नगरपालिकाले लिएको उत्पादन र उत्पादकत्व बढाउने योजनालाई युएनडिपीले सहजीकरण गरिरहेको अर्यालले बताउनु भयो ।
परियोजनाले नीतिगत र कार्यान्वयनतहमा फोहर मैला व्यवस्थापनका लागि सहयोग गर्ने तथा स्वरोजगारी सिर्जना गर्न सहयोग पुर्याउने अर्यालको भनाइ छ । परियोजनाले बिशेष गरी महिलाहरुलाई स्वरोजगार बनाउने लक्ष्य राखेको उहाँको भनाई छ ।
अभिमुखिकरण कार्यक्रममा युएनडिपीका शहरी फोहोर मैला व्यवस्थापन बिज्ञ सन्तोश दास श्रेष्ठले फोहरबाट रोजगारी सिर्जना गर्ने र परियोजनाले दीर्घकालिन योजना निर्माण गर्ने समेत उहाँको भनाई छ ।
फोहोरमैला व्यवस्थापन तथा न्युनीकरणका लागि परियोजना काम गर्ने बताउनु भयो । उहाँका अनुसार परियोजनामार्फत दिर्घकालिन सरसफाई पद्धतीको विकास गरिने छ ।
कार्यक्रममा नगरपालिकाको तर्फबाट ईन्जिनियर दिपेन्द्र मल्लले प्रस्तुती गर्नु भएको थियो । कार्यक्रममा वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष ल्याप्टेन याम बहादुर गुरुङ,दियालो संस्थाका अध्यक्ष कविता तिवारी लगायतले बोलेका थिए ।
कार्यक्रमको सञ्चालन वालिङ नगरपालिका माधव प्रसाद न्यौपानेले गर्नु भएको थियो ।
परियोजनको अवधीमा अर्गानिक खेती,फोहरमैलाबाट रोजगारी सिर्जना १४ वटै वडामा उत्पादन भएक बस्तुलाई बजार सम्म लैजाने र उद्यमी गर्न चाहानेलाई ईबिक मार्फत व्यवशायीक योजना बनाई उद्यमशीलतामा अगाडि बढाउने योजना रहेको परियोजना प्रमुख बिशाल बगालेले जानकारी दिनुभयो ।
समाचार
थप सामाग्री-
महिलालाई उद्यमशीलतामा जोड्दै वालिङ नगरपालिका ।
-
सहकारी ठगी मुद्दामा रवि लामिछानेलाई थुनामा पठाउन उच्च अदालतको आदेश
-
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
-
वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता बढाउन गर्यो प्रभातफेरी
-
स्याङ्जाका पत्रकार सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ बाट सम्मानित

वालिङ क्याम्पसको स्ववियुमा निर्वाचित टोली सम्मानित ।
१ महिना अगाडि
वालिङ : वालिङ बहुमुखी क्याम्पस स्याङ्जाको स्ववियुमा निवार्चित पदाधिकारी तथा सदस्यहरुलाई सम्मान गरिएको छ । वालिङ बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी…