तिलोत्तमामा हरियाली पुनःउत्थान परियोजना : रोजगारी र उत्पादनमा जोड ।
रुपन्देही :
रुपन्देहीको तिलोत्तमा नगरपालिकामा हरित पुनःउत्थान प्रवद्र्धन परियोजना(पिजीआरपी) सुरु भएको छ । नगरलाई सफा सुन्दर बनाउनका साथै रोजगारी सिर्जना गर्ने तथा उत्पादन बृद्धि गर्ने लक्ष्य सहित परियोजना सुरु गरिएको बताईएको छ ।
संयुक्त राष्ट्रसंघीय बिकास कार्यक्रम (युएनडिपी) र तिलोत्तमा नगरपालिकाको सहयोग तथा व्यवस्थापनमा परियोजना शुरु भएको हो ।
तिलोत्तमा नगरपालिकामा परियोजनाबारे अभिमुखिकरण कार्यक्रम समेत गरिएको छ । तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले परियोजनासँग सहकार्य गरेर रोजगारी सिर्जना गर्न र फोहरमैलाको व्यवस्थापनमा महत्वपूर्ण काम गरिने जानकारी गराउनु भयो ।
कार्यक्रममा बोल्दै युएनडिपी नेपालका लुम्बिनी र गण्डकी प्रदेश प्रमुख सुदिप अर्याल दीगो बिकास लक्ष्य प्राप्तीका लागि हरित पुनःउत्थान परियोजना सहयोग पुर्याउने बताउनु भयो । उहाँले भन्नुभयो ‘युएनडिपीको नगरपालिकासँगको सहकार्य अहिले सम्म निक्कै उपलव्धिमूलक रहेको छ’ ।

परियोजनाले नीतिगत र कार्यान्वयनतहमा फोहर मैला व्यवस्थापनका लागि सहयोग गर्ने तथा स्वरोजगारी सिर्जना गर्न सहयोग पुर्याउने अर्यालको भनाई छ । परियोजनाले बिशेष गरी महिलाहरुलाई स्वरोजगार बनाउने लक्ष्य राखेको उहाँको भनाई छ ।
अभिमुखिकरण कार्यक्रममा युएनडिपी-पिजीआरपी शहरी फोहर व्यवस्थापन बिज्ञ सन्तोश दास श्रेष्ठले फोहोरमैला व्यवस्थापन तथा न्युनीकरणका लागि परियोजना काम गर्ने बताउनु भयो । उहाँका अनुसार परियोजनामार्फत दिर्घकालिन सरसफाई पद्धतीको विकास गरिने छ ।
कार्यक्रममा नगरपालिकाको तर्फबाट गोरखनाथ खनालले प्रस्तुती गर्नु भएको थियो ।
सो अवसरमा वास कोअपरेटिभका अध्यक्ष खेम गौतमले परियोजनाले नगरपालिकालाई सुन्दर सफा बनाउउन् मात्रै नभई रोजगारी समेत सिर्जना गर्ने बताउनु भयो ।


समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


