स्याङ्जामा साउन ३२ सम्म थपियो निषेधाज्ञा,कार्यान्वयन भने फितलो
स्याङ्जा :
स्याङ्जा जिल्लामा निषेधाज्ञा थप गरिएको छ । बिहीबार जिल्ला प्रशासन कार्यालय स्याङ्जाले एक सूचना जारी गर्दै यस अघि कायम रहेको निषेधाज्ञालाई बढाएर साउन ३२ गते सम्म पुर्याइएको जनाएको छ । गत वैशाख २१ गते देखि सुरु भएको निषेधाज्ञा कोरोना संक्रमणको जोखिम जिल्लामा बढ्दै गएकोले निषेधाज्ञा थप गरिएको प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले जानकारी दिनुभयो ।
प्रमुख जिल्ला अधिकारी नेपालद्वारा जारी गरिएको निषेधाज्ञाको आदेशमा भनिएको छ, ‘जिल्लामा अझै पनि संक्रमणको जोखिम कायम रहेकोले संक्रमण रोकथाम र नियन्त्रणको लागि नेपाल सरकार मन्त्रीपरिषद्को निर्णय तथा जिल्ला सुरक्षा समितिको असार २१ गते बसेको बैठकको निर्णय ससेतका आधारमा संक्रामक रोग ऐन, २०२० को दफा २ र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(३)ले दिएको अधिकार प्रयोग गरी साउन २२ गते राती १२ बजेदेखि साउन ३२ गते राती १२ बजे सम्म जिल्ला भर निषेधाज्ञा निषेधाज्ञाको आदेश जारी गरिएको छ’ ।
निषेधाज्ञाको अवधिमा प्रशासनले तोकेका बाहेकका अन्य कार्यहरु गर्न पाइनेछैन भने अत्यावश्यक कार्यहरु स्वास्थ्य संस्थाका साथै औषधी पसलहरु चौवीसै घण्टा सञ्चालन गर्न पाइने छ । प्रशासनले सके सम्म घर भीत्र बस्न र अत्यावश्क बाहेकका काममा बाहिर ननिस्किन अनुरोध गरेको छ ।
मेला महोत्सवका साथै मठमन्दिरमा भेलाहुन निषेध गरिएको छ भने बिभाह ब्रतबन्ध लागायतका कार्यहरु गर्दा १५ जना भन्दा बढि जम्माहुन नपाइने नियम यथावत रहेको छ तर कामदार एवं सुपरभाइजरहरु यथास्थानमा रहेर विकास निर्माणका कामहरु गर्न छुट दिईएको छ ।
जिल्लामा निरन्तर निशेधाज्ञा जारी गरिदै आएको भए पनि यसको कार्यान्वयन भने फितलो रहेको छ । कोरोनाको संक्रमण बढिरहेको छ तर चहलमहल भने झनै बढेको देखिन्छ ।
समाचार
थप सामाग्रीझ्याप्ले खोला पहिरो : स्याङ्जाका एकैघरका तिनको मृत्यु
२ हप्ता अगाडि
स्याङ्जा: अविरल वर्षाका कारण पृथ्वीराजमार्गको नागढुङ्गा नौबिसे सडकखण्डको झ्याप्लेखोलामा आएको पहिरोमा परी स्याङ्जा गल्याङ नगरपालिका वडा न ३ लल्याङका एकै…