आठ महिने बच्चासहित दम्पती झुण्डिएको अवस्थामा मृत फेला ।

झापा:
झापामा आठ महिने बच्चासहित एक दम्पती झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।

जिल्लाको कन्काइ नगरपालिका–१ का ३४ वर्षीय रविन विक, उनकी श्रीमती २९ वर्षीया मुना र आठ महिने छोरी रुविना मृत फेला परेका हुन् ।उनीहरु आज बिहान आफ्नै घरभित्र झुण्डिएको अवस्थामा मृत फेला परेको झापाका एसपी सानुराम भट्टराईले जानकारी दिनुभयो ।  मृतकका आफन्तले उनीहरु कोरोना संक्रमित भएको बताएका छन् । प्रहरीले घटनाको अनुसंधान भैरहेको जनाएको छ ।

Facebook Comments Box
TOP