आठ महिने बच्चासहित दम्पती झुण्डिएको अवस्थामा मृत फेला ।
झापा:
झापामा आठ महिने बच्चासहित एक दम्पती झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।
जिल्लाको कन्काइ नगरपालिका–१ का ३४ वर्षीय रविन विक, उनकी श्रीमती २९ वर्षीया मुना र आठ महिने छोरी रुविना मृत फेला परेका हुन् ।उनीहरु आज बिहान आफ्नै घरभित्र झुण्डिएको अवस्थामा मृत फेला परेको झापाका एसपी सानुराम भट्टराईले जानकारी दिनुभयो । मृतकका आफन्तले उनीहरु कोरोना संक्रमित भएको बताएका छन् । प्रहरीले घटनाको अनुसंधान भैरहेको जनाएको छ ।
Facebook Comments Box
समाचार
थप सामाग्री
व्यावसायिक समृद्धिको योजनासहित चुनावी मैदानमा शंकर डुम्रे
३ हप्ता अगाडि
वालिङ : वालिङ उद्योग वाणिज्य संघको आगामी असार २१ गते हुने निर्वाचनको रौनक निकै बढेको छ। अध्यक्ष पदमा अनुपमा ढुङ्गाना…


